अमेरिकामा अहिले नेपालीहरुलाई किन सजिलो भएको छ त ?

विजय थापा २०७९ असोज १९ गते १:४६ मा प्रकाशित

दुई या अढाई दशक अघि मात्र अमेरिका पहिलेको जस्तो थिएन l त्यो भन्दा अघि अमेरिकामा झन् नेपालीहरुलाई असजिलो थियो l ४ दशक अघि नेपालीहरु निकै कम थिए l त्यसको कुरै नगरौ l जति पहिलेका नेपालीले दुख पाएका थिए अहिले धेरै कम नेपालीले अमेरिकामा त्यस्तो दुख र हण्डर पाउदछन l

दुई दशक यता अमेरिकामा नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भएको कारण नेपालीहरुले एकादेश को झैँ दुख पाउदैनन l अमेरिकाका ५० वटै राज्यहरुमा नेपालीहरु बसोबास गर्छन l कही न कही खोजे पछि नेपालीहरु भेटिन्छन l केहि सहयोग र राहत पाउदछ्न l ओत लाग्ने र आउने बित्तिकै मुखमा माड लगाउन पाईदैन कि भन्ने भय एकदम कम हुन्छ l किनभने नेपालबाट आउदा खेरि नै तपाई को अमेरिका यात्राको सूची तयार हुन्छ l र ,तपाईले त्यो निधो नगरी अमेरिका हानिनु हुन्न l

केहि सहयोग र राहत पाउदछ्न l ओत लाग्ने र आउने बित्तिकै मुखमा माड लगाउन पाईदैन कि भन्ने भय एकदम कम हुन्छ l

आफ्ना मानिस यति हुन्छन कि कही पनि पर्यटकको रुपमा आएका हुन् या गोष्ठीमा सहभागी हुन् आएका हुन् चिन्ताको बिषय नै हुदैन l दुई छाक खान र ओत लाग्ने छाना सरल रुपमा पाइने हुन्छ l कुनै न कुनै हिसावले आफन्त भेटिने हुन्छ l

झन् विविधता चिट्ठा(डिभी) चालू भए पछि अमेरिकामा नेपालीहरुको कुनै कमी छैन l नयाँ जो सुकै आउनेले पनि यतिका नेपालीहरु रहेछन भनि छक्क पर्ने गर्छन l विदेशमा हरेक नेपालीहरु १३ दिने दाजुभाई हुन् भन्ने कथन र भनाई गौण भएता पनि आंशिक रुपमा सहयोग र सद्भाव चै प्राप्त भै रहेको हुन्छ l नेपालीले नेपालीलाई सहयोग गर्ने परिपाटी बिकशित भएको छ भने खुट्टा तान्ने पनि नभएका हैनन् l सहयोग दिनु पर्छ भनेर बेपत्ता हुने पनि नभएका हैनन् l

किनभने अमेरिकामा आफै त् जोगी सन्यासीको घरमा पाहुना भन्ने नेपाली उखान मिल्छ l प्रारम्भिक चरणमा दुख पाएकाहरुको राम कहानी छुट्टै छ l पहिले आएका बिद्यार्थी या अन्यका रोचक कथा र अनुभव संगालेर राखेका हुन्छन l उनीहरुको उत्प्रेरक अनुभव नयाँ आउने आगन्तुक लाई निकै लाभदायक हुन्छ l पहिले आएकाले दुख मात्र गरेका भन्ने चाही आशय पक्कै हैन l

यस बाट उनीहरुले धेरै कुरा जान्दछन र पहिले आएका भन्दा कम हण्डर र दुख पाउदछन l अमेरिकामा बसोबास गर्ने नेपालीहरु नेपालमा बस्ने जो कसैको पनि गोरु बेचेको साइनो भए पनि अमेरिकामा कोही न कोही फेला पर्दछन l दुई दशक र तीन दशक जस्तो सबै कुरा संघर्ष र ज्यादै अप्ठ्यारो संग पौठी जोरी खेल्नु पर्दैन किनभने कही न कही बाट सिफारिस गर्दछन l

अमेरिकामा बसोबास गर्ने नेपालीहरु नेपालमा बस्ने जो कसैको पनि गोरु बेचेको साइनो भए पनि अमेरिकामा कोही न कोही फेला पर्दछन l

सवै कुराहरुको सहयोग गर्ने र सिकाई दिन्छन l सवैले गर्छन भन्ने हैन तर यसरी नै सन् २००० देखि तथा नब्बेको दशक पछि अमेरिका आएकाहरुहरुले अमेरिकामा जीवन गुजारा चलाई रहेका हुन्छन l

उहिले आएकाहरु झैँ अमेरिका बिरानो लाग्दैन l जताततै नेपालीहरु भेटिन्छन l नेपालीले नेपालीलाई काम दिने र जागिर दिने पनि गर्दछन l एकले अर्कालाई सहयोग गर्ने परम्परा पनि छ l संघ/सँस्था ले यस्ता प्रकारका सहयोग गर्ने पनि गर्दछन l मर्दापर्दा र साह्रो गाह्रोमा नेपाली समुदायको भूमिका पनि निकै राम्रो हुन्छ l

अपरिचित समेतले अमेरिका आउने कोही भए पछि विमानस्थलमा गएर सहयोग पनि गर्ने नेपालीहरु हुन्छन l काम गर्ने हरेक ठाउँमा नेपालीहरु फेला पर्दछन l कामदार तथा स्वयम व्यवसाय गर्ने नेपालीहरु प्रशस्त भएका छन् l दुख पर्दा काम दिने र काममा लगाई दिने पनि हुन्छन l तर हाम्रो स्वभावको कारण प्रारम्भिक चरणमा दुख नहोस भनेर काममा लगाई दिनेलाई लात हान्ने र धोखा दिने पनि नहुने हैनन् l

नब्बेको दशक अर्थात् ३० बर्ष अगाडी झैँ अहिले अमेरिकामा ज्यादै घरको सम्झना (होम सिक )हुदैन l अब त ३ पुस्ते परिवार अमेरिकामा हुने प्रचलन हुन् थालेकोले झन् कर्मभूमि भएता पनि यतै रमाइलो हुने र ठान्ने भएकोले अघि अघि को जस्तो बिरानो देश अमेरिका भन्ने जस्तो अनुभूति गर्नु पर्दैन l

नब्बेको दशक अर्थात् ३० बर्ष अगाडी झैँ अहिले अमेरिकामा ज्यादै घरको सम्झना (होम सिक )हुदैन l

यता फर्क्यो नेपाली ,उता फर्क्यो नेपाली l यता गयो नेपाली उता गयो नेपाली l यता गयो आफन्त ,उता गयो साथीभाई ,फेरी यता हेर्यो परिवार फेरी उता हेर्यो कुटुम्ब l अनि त्यो भन्दा के चाहियो त नेपालीलाई ? जम्न र स्थापित हुन् यस्ता चिजले ठूलो सहयोग हुने हुनाले नेपाली रमाउने भएका छन् l

मानिसलाई अब एक्लै र एकान्तको महसुस नहुने ,काममा काम पाइने र भने जस्तै जीवन पनि प्राप्त गर्न सकिने अमेरिका भएको छ l अर्को कुरा अवसरको भूमि हो अमेरिका ।

सपनाको देश मा सहयोग ,मार्गदर्शन,परामर्श ,सरसल्लाह समेत प्राप्त गर्ने भएकोले भौतारी रहनु नपर्ने भएकोले अमेरिकामा जीवन संचालन गर्न अहिले नेपालीहरुलाई ज्यादै सजिलो भएको छ l निकै सरल भएको छ l

तस्बिर :ब्रजेश महर्जन

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया