मेरो बाल्यकालको दशैंको सम्झना

इनेप्लिज २०७९ असोज १५ गते २१:२३ मा प्रकाशित


मैले सानो केटाकेटी अवस्थामा मानेको दशैंको सम्झनाहरु अहिले पनि झझल्को आई रहन्छ । सोह्रश्राद्ध लागेपछि गाँउघरका बुढाबुढीहरु देखि भुराहरुलाई कहिले पूलपाती आँउलन भनेर बसेका हुन्थ्यो । भुराभुरीहरु नाना र चिची खाँउला भन्ने आशा बुढाबुवाहरुलाई दाँतले चिची चपाउन सकिन्न कि भन्ने पीर । घरमा आफनै खेतको धानको भात पाक्ने नै भयो । चाँहिने भनेको मरमसाला भुटुन राख्न तोरिको तेल त्यो पनि बारीमा नै छरेको तोरिबाट कोलमा राखेर तेल निकाल्थ्यो । एउटै समस्या थियो, दशैंमा नया नाना पनि लाउन पाउने तर। सोह्र श्राद्धका ब्राहमणहरुझै हाम्रा गाँउका रुपाने मनजितेको कान्छो छोरा हाम्रा प्यारो कान्छादाईहरुले हाम्रा कपडाहरु समयमै सिलाई नदिनाले हाम्रो दशैं खल्लो हुन्थ्यो नै तर म चाहि भने कान्छा दाईको घरमानै गएर बास बसेर भएपनि सिलाएर ल्याँउथे।उनकी दुलही चाँहि हाम्रो टोलका तमरे बाबाकी छोरी थिईन उनि हाम्रा भाषा खररर बोल्छे कपडा सिलाउने समयमा म उन्को घरमा बास बस्दा “ उनि भन्थिन बपु आई कान चापकि आचापा ?” हामीले पकाएको खाना खाने कि नखाने ? म पनि खाने भनेर फर्सीको मुन्टाको साग, दहि च्याँख्लाको भातसंग सुरुप सुरुप गरेर खान्थे र थाल पखाली दिन्थे । नया कपडा सिलाएर ल्याएपछि सायद मैले आफूलाई राजकुमार भन्दा कम ठान्दिन थिए ।काकाहरुले लिङगे पिङ घरमाथिको ग़रहामा हाल्थे। गाँउका युवायुवतीहरु पिङ खेल्न जम्मा हुन्थे ।एक पटक हाम्रा साँइनेले मामा पर्ने बबुजचा अर्थात ठुलो कान्छोले होन्जन स्याकी छोरिलाई मन पराएको रहेछ क्यारे।पिङबाट घच्याटि दिएको मात्रै के थियो उनले राम्रोसंग पिङ डोरि समाउन सकेन क्यारे पिङबाट खसिन र डोलिमा राखेर घरमा लगेको घटना म कहिले पनि बिर्सिन सक्दिन । केहि समय पछि उनि निको भइन, ति मामा चाँहि काठमाडौमा आएर सिपाईमा जागिरे भए पछि सुबिदार मेजर सम्म भएर पेन्सनमा आउनु भो ।

भन्नै पर्छ हामी तामाङ्गहरुको बस्तीमा जमरा राख्ने मार हान्ने चलन हुदैन । तर गाँउमा अरुले काट्टेकाृे मासु ल्याएर खाने चलन अझै बिद्यमान छ । टिका दिनको माहौलनै बेग्लै कान्छा बाजेको घरमा सबै जना जम्मा हुन्थे त्यस दिन हाम्रो घरमा खाना पाक्दैन थियो। बाजेले सबैलाई टिका लगाएपछि खाना पनि ख्वाउनु हुन्थ्यो । त्यसपछि आमाको साथ लागेर मामाको घरमा जाने चटारो, दिनको एक बजेतिर त्यहाँ पुगिन्थ्यो । बजैले टिका लाएर आर्शिबाद दिँदा राम्रोसंग बलियो भएर ठूलो भारी बोक्ने होस मेरो नानी भनेर पाँच पैशाको ढ्याक दिनु हुन्थ्यो र मैले पछि खोपि खेल्दा त्यो ढ्याक चलाउने गरेको थियो ।

दशैंको बिशेषता ।

बर्षऋतु अन्त भएर शरदऋतुको आगमनसंग कालो बादलहरु बिस्तारै हटदै जान्छ यो बेला । भानुको दक्षिनबाहुरुपी शक्ति पनि शिथिल भएर गएको अवस्था । सयपत्री फूलहरुको मगमग बास्ना ।त्यहि फूल सेता टिकाको साथमा कानमा सिउरी दिँदा मनमा एक प्रकारको तरंग र उमंङगा त्यसैले ज्ञानीहरुले दशैको आशिष दिँदा, निधारमा टिका होस, कानमा फूल होस, मनमा शान्ती होस, हनूहारमा कान्ती हो भनेका रहेछन ।

छिपिएपछिको दशैं
ज्ञानलाई बढाउन केहि धन कमाउनका लागि हामीहरुलाई तिन शहर नेपालमा नआई कसैलाई पनि सुख थिएन। त्यसबेला तिन शहर नेपाललाई मात्रै नेपाल भनिन्थ्यो । बाहिरबाट हालको काठमाडौं उपत्यकामा छिर्नु भनेको हाल हामीले मेक्सिको छिर्न जस्तै थियो । कारण भाषाको समस्या बास पाउनको समस्याहरु सयम मिलाएर विद्यालय गयो त्याँहा नेवारहरुको छोराहरुले पिट्ने समस्या दशैंमा पाँच दिन लगाएर हिडेर घरमा पुगिन्थियो । अहिलेका भाई बहिनीहरु सारै भाग्यमानी घरघरमा गाडी जान्छ ।पछी हाम्रा गाँउका कप्तान बा का छोराछोरीहरुलाई पनि साथमा लिएर गाँउमा जानु पर्थियो लामा साँगुसम्म बसमा गयो। माथी पेटकु भन्ने ठाँउमा बास बसेर भोलिपल्ट घरमा पुगिन्थ्यो । मलाई दशैं धार्मिक दृस्टीकोणले भन्दा पनि सामाजिक दृस्टीकोणले मान्ने गरैको छु। हाम्रा पूर्विय सभ्यता र संस्कारमा झण्डै ८० प्रतिशतले मिथक र काल्पनिक कथाहरुलाई मान्न्याता दिएर आफनो सभ्यतालाई बलियो बनाएका झन यसमा महायाना बुष्टिष्टहरु पनि छन । तर बौद्धदर्शनमा मिथकलाई र चमत्कारीरीलाई मान्यता दिएको छैन । यदि दिन्छ भने आजका नक्कली औतारीहरुले दिएका छन आफनो समाजमा भएका पर्वहरुलाई सबैले हाँसीखुसि साथ मनाउन पावोस । कसैले कसैलाई आर्थिक फाइदाको लागि नफावोस । सुख सम्बृद्धि ऐश्वर्यको कामना सबैले गर्छन तर ईमान्दारी दुख नगरिआउनेवाला छैन । नेतादेखि केटाहरु सम्मलाई र नेतृदेखि बहिनीहरुलाई सबुद्धि देशभक्तिको ज्ञान यो महान पर्वले प्रदान गरुन । देशका युवापिँँडिहरुलाई बिदेशमा निर्यात नगरुन स्वदेशको बिकासमा राख्न कस्ने नेताले चुनाव जितुन भन्ने शुभा कामना सहित ।

डिग बहादुर तामाङ्ग, भेडापु दोलाखा ।

प्रतिक्रिया