अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टर द्वारा कविता कन्सर्ट कार्यक्रम हुने

इनेप्लिज २०७९ असोज १४ गते २१:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी च्याप्टर द्वारा २ अक्टोबर २०२२ आइतबार सॉझ ५.०० बजेदेखि ८.०० बजे सम्म,भर्जिनियाको मनासस शहरमा हुन गईरहेको कविता कन्सर्ट कार्यक्रममा कवि नवराज पराजुली द्वारा कविता,नवश्री योन्जन, दिलिप नेपाल र कृपा सिटौला द्वारा गीत, साथै वरिष्ठ हॉस्य कलाकार एवं निर्देशक शिबहरि पौडेल द्वारा विशेष हॉस्यब्यँग्य प्रस्तुत हुन गइरेको छ । डिसी मेट्रो क्षेत्रमा रहनुहुने सम्पूर्ण आदरणीय महानुभावहरूलाई यो सुनौलो अवसर प्राप्त भएको छ । हामीलाई प्राप्त समाचार अनुसार डिसी च्याप्टर द्वारा उक्त कार्यक्रम हेर्न र सुन्न नछुटाउनु हुन हार्दिक अनुरोध गर्दै, सबैलाई सादर निमन्त्रणा गरिएको छ । साथै वरिष्ठ हास्य कलाकार एवं निर्देशक शिबहरि पौडेलले सबै आदरणीय महानुभावहरूलाई विजया दशमीको शुभकामना दिदैं, आफ्नो प्रस्तुति रहने कुरा जानकारी गराउँदै ,डिसी मेट्रो क्षेत्रमा रहनु हुने सम्पूर्ण आदरणीय महानुभाव हरूलाई उक्त कार्यक्रममा उपस्थित भईदिनु हुन आग्रह एवं अनुरोध गरेका छन् ।

स्थान:~
Manassas park community center 99 Adam St. Manassas park VA 20111

https://www.facebook.com/100008650727179/videos/506230171326067/

प्रतिक्रिया