विराट एक्स्पो– रु ५० करोडको कारोवार हुने

इनेप्लिज २०७९ असोज १३ गते २२:०८ मा प्रकाशित

विराटनगर,१३ असोज(रासस): उद्योग संगठन मोरङले विराटनगरमा आगामी मङ्सीर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी(विराट एक्स्पो) आयोजना गर्ने भएको छ ।

मोरङ,१३ असोज (रासस): उद्योग संगठन मोरङले विहिवार यहाँ पत्रकार सम्मेलनको आयोजना गरि आगामी मङ्सीर २९ गतेदेखि पुस ६ गतेसम्म विराटनगर–१४ मा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी(विराट एक्स्पो) आयोजना गर्ने जानकारी दिएको छ।एक्स्पोमा नेपाली तथा भारतीय गरी तीन लाख सर्वसाधारणले अवलोकन गर्नुका साथै रु ५० करोड बरावरको व्यापारिक कारोवार हुने अनुमान गरिएको छ। तस्बिर : मनोज दाहाल ÷रासस

संगठनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धनका लागि सातौं संस्करणको ‘विराट एक्स्पो’ आयोजना गर्ने लागिएको जनाएको छ । स्नातककोत्तर क्याम्पस विराटनगर–१४ स्थित पुरानो हवाई मैदानमा एक्स्पो आयोजना गरिने भएको छ।

संगठन अध्यक्ष सुयश प्याकुरेलले कृषि उत्पादन, कृषि उद्यम, उद्योग, पर्यटन लगायतका क्षेत्रको विकासमा योगदान पु¥याउन एक्स्पो आयोजना गरिएको बताउनु भयो । संगठनका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालले अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोको आयोजना गरिन लागिएको जानकारी दिनु भयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्नुपर्नेमा जोड दिनु भयो ।

उद्योगीबीच अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकारको व्यवसायीकरणको खोजी एक्स्पोबाट गरिने छ । प्रदर्शनीमा ४१५ स्टल राखिने भएको छ भने स्वदेश तथा भारत , बङ्गलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनका उत्पादन, वितरक तथा बजार प्रवद्र्धकको समेत स्टलहरु रहने छन् ।

एक्स्पोमा स्थानीय तथा भारतीय सहित तीन लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ भने रु ५० करोडको व्यापार हुने दावी गरिएको छ। एक्स्पो आयोजनाका लागि रु दुई करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया