चाडपर्वले नेपालीहरुवीच आपसी सद्भाव कायम राख्छ– प्रदेश प्रमुख खापुङ्ग

इनेप्लिज २०७९ असोज १२ गते २१:४० मा प्रकाशित

विराटनगर,१२ असोज(रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालीहरुको महान चाड वडा दशैं, तिहार र छठले नेपालीहरुवीच आपसी सद्भाव कायम गरेको बताउनु भयो ।

मोरङ,१२ असोज (रासस): मोरङ व्यापार स‹ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको उपलक्ष्यमा बुधवार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स‹का अध्यक्ष नविन रिजाल । तस्बिर : मनोज दाहाल ÷रासस

मोरङ व्यापार सङ्घ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेपालीहरुको मौलिक रुपमा रहेको चाडको संरक्षण गर्नु गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश प्रमुख खापुङ्गले असत्यमाथि सत्यको जीतको रुपमा मनाइने दशैंले सम्पूर्ण नेपालीहरुमा खुशियाली, सुखद जीवनयापनमा सहयोग पु¥याउने धारणा राख्नु भयो ।

सङ्घका अध्यक्ष नविन रिजालले नेपालीहरुवीच आपसी सद्भाव र मेलमिलापमा रुपमा चाडपर्वको ठूलो महत्व रहेको बताउनु भयो ।

मोरङ,१२ असोज (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग मोरङ व्यापार स‹ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको उपलक्ष्यमा बुधवार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्तव्य व्यक्त्त गर्नुहुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

शुभकामना आदान कार्यक्रममा प्रदेशसभाका सदस्यहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निजामती कर्मचारीहरु, उद्योगी, व्यापारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया