अछामका पहिरो पिडित परिवारलाई राहत वितरण

वीरेन्द्र रावल २०७९ असोज ९ गते ९:२२ मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी, असोज ९ । भदौ ३१ गते राती परेको अविरल बर्षापछि आएको बाढी र पहिरोले अछाम जिल्लामा बाढी र पहिरोमा परि ज्यान गुमाएका २२ जना मृत्तकका परिवारलाई शनिवार राहत प्रदान गरिएको छ ।

सोर्स एक्सन हङकङ चाईनाको आर्थिक सहयोगमा र भोलियन्टीयर क्रप्स नेपाल नामक संस्थाको संयोजनमा शनिवार कमल बजार नगरपालिकाका आयोजित एक समारोहका बिच उक्त राहत वितरण गरिएको कुरा संस्थाका अध्यक्ष दिपक चापागाईले बताउनु भएको छ ।

राहत वितरण समारहोमा जिल्ला समन्वय समितिका प्रमूख ललित कुमार शाही, अछामका प्रमूख जिल्ला अधिकारी बिश्वकान्त मरासीनी ,कमल बजार नगरपालिकाका नगर प्रमूख यग्य ढकाल,शसस्त्र प्रहरी बल,नेपाल प्रहरीका अधिकारीहरुको समेत सहभागिता रहेको कुरा भोलियन्टीयर क्रप्स नेपाल उपाध्यक्ष एवं समाजसेवी राधा मताङगीले जानकारी दिनु भएको छ ।

अविरल बर्षापछि गएको पहिरोमा परेर कमल बजार नगरपालिका वडानम्बर ६,तुर्माखाद गाउँपालिका वडानम्बर ५ ढकारी । कमल बजार नगरपालिका वडानम्बर ८ मा गरि २२ जनाको मृत्यु भएको थियो ।

पहिरोले उजाड बस्तीमा सन्नाटा छाएका बेलामा आहतमा परिणत भएका पिडित परिवारले न्यानो कम्बल,भाडाकुडा,त्रिपाल, खाद्यान्न पाउँदा राहत महसुस गरेको कुरा कमल बजार नगरपालिकाका नगर प्रमूख यग्य ढकालले बताउनु भयो ।
राज्यले गर्न नसकेको काम भोलियन्टीयर क्रप्स नेपाल नामक संस्थाको पहलमा र सोर्स एक्सन हङकङ चाईनाको आर्थिक सहयोगमा पिडित परिवारको पिडामा केहि हद सम्म भएपनि मलम लगाउने कार्य भएको कुरा अछामका प्रमूख जिल्ला अधिकारी विश्वकान्त मरासिनीले बताउनु भयो ।

भोलियन्टीयर क्रप्स नेपालले पहिरो पिडित ५० जनालाई कम्बल,त्रिपाल,चामल,नुन,तेल, भाडा माझ्ने सावुन,डाडु,पन्यूँ,ब्रस, लुगा धुने सावुन, बाल्टी र मग लगायतका दैनिक उपभोग्य समानहरु वितरण गरिएको समेत संस्थाका उपाध्यक्ष राधा मताङगीले जानकारी दिनु भएको छ ।

नेपालका विभिन्न जिल्लामा भएका बाढी पहिरो लगायतका प्राकृति प्रकोपमा परेका नागरिकहरुको बास स्थान निर्माण गर्ने, राहत प्रदान गर्ने लगायतका कार्यमा नेपालमै अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको कुरा संस्थाका संस्थाका अध्यक्ष दिपक चापागाईले बताउनु भयो ।

प्राकृति प्रकोपमा पर ज्यान गुमाउने परिवारका सदस्यका पिडा निकै कारुणिक थिए, घटना स्थलमा पुगेर राहत वितरण गर्दा आफुलाई मानव सेवागर्न पाउँदा अतिनै भावुक बनाएको बताउनु हुन्छ : भोलियन्टीयर क्रप्स नेपाल उपाध्यक्ष एवं समाजसेवी राधा मताङगी ।

राज्यले पहिरो पिडित परिवारलाई तत्काल राहत दिएर मात्र समस्याको समाधान नहुने भएकोले जोखिममा रहेको वस्तीलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्नु पर्ने माग सर्वत्र उठेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया