रास्ट्रिय भेषभुषा देशका एकता स्रोत हुन !

डिग बहादुर तामाङ्ग, भेडापु, दोलाखा । २०७९ असोज ५ गते १:१० मा प्रकाशित

हामीहरु २१ वौं शताव्दीमा प्रबेश गरेर आधुनिक सुखसयहरुसंग रमाई रहेका अवस्थमा छौं । आधुनिक डिजिटल युगले मानवहरुलाई घुमाई राखेका छन,। तर मानवहरुले सजिलै बुझन नसकिने कुरा के भने कतै आफनो उरबर मस्तिष्कलाई प्रयोग उपयोग नगरि अरुले नै प्रयोग गरि आर्थिक फाईदाका लागि प्रयोग गरि राखेको पत्तै छैन । तर राजदुतावासमा राजदूतले राष्ट्र्यि दिवसको उपलक्षमा आयोजना गरेको निम्तोपत्रमा प्रष्ट संग उल्लेख गरेर पठाएको हुन्छ, पोशक अर्थात ड्रेस कोटमा राष्ट्रिय पोशाक वा व्यापारिक सुटटाई तर पूर्विय सभ्यतामा विश्वास गर्नेहरुले वास्ता नगरेको पाइएका छन । कोहि कुर्था सुरुवालमा कोहि हाप टाउजरमा आएका नदेखेको होइन यो पंक्तिकारको आँखाले ।

हामीलाई प्रकृतीले दुई आँखा दुई कान र एउटा मात्र मुख दिइएका छन ।त्यसैले हामीले सुन्न अवलोकन गर्न र कुरा गर्न सिक्नु पर्छ । जव यो उपयुक्त हुन्छ राम्रा कुराको अनुकरण गर्न सान्दर्भिक हुन्छ । ठीक संग अरुहरुलाई व्यवहार गर्नु कूटनीतिको महत्वपूर्ण पक्षहरु हुन । कपडालाई सधैं नम्र शक्तिको वास्तविक उपकरणको रुपमा मानिन्छ र मान्यता दिइन्छ।धेरै पटक बलियो कूटनीतिक बिन्दु बनाउन सक्षम पक्ष भएका छन ।

मूलत कुलीनहरुको लागि पोशाक एक विशेष भूमिकाको रुपमा सुरु भएको र कुटनीतिले समय संगै सबै पक्षहरुमा परिवर्तनहरु प्नि पार गरि कसेका छन। पोशाक प्रदर्शनी शैली र शिष्टाचार कुनै अपवाद थिएन ।

कूटनीति एक उच्च पदानुक्रमित क्षेत्र हो र सायद यही कारणले गर्दा केहि सय बर्ष पहिले विभिन्न शाही दरबारहरुमा पडाइएका कूटनीतिज्ञहरु र बरिष्टहरु बिदेशी राज्यहरु वा राष्ट्र्हरु ईतिहास कितावहरुले पहिले आधिकारिक रुपमा कूटनीतिक वर्दी वा पोशाक फ्रान्समा सुरुमा थालनि गरेको थियो रे यो बिषयलाई सामान्यतया सबैले स्वीकार गरिएको छ। कि तिनीहरु १६वौ शताव्दीमा एक चलन बनेको थियो जुन सबै यूरोपेली देशहरुले व्यापक रुममा अपनाए यसलाई फेसन शैलीलाई एसिया –विशेष गरि जापान र ल्याटिन अमेरिकाका अन्य राष्ट्र्का विदेशी विभाग अर्थात परराष्ट््र मन्त्रालयका प्रतिनिधिहरुले द्रुतरुमा अनुसरण गरे प्रत्येक देशले कूटनीतिक उत्सवको पोशाकमा आफनै शैली अर्थात स्टाइलर रास्ट्रिय सम्बन्धित प्रतिकहरु ल्याउन प्रयास गरे । आफनै प्रकारका रंग एमब्रोइडरी वा मखमली प्रसियामा गाढा फिराृजा वा सेतो कोट इटालीमा सुनको कढाई गरिएको पाउलोनिया फूलहरुजापानमा भए कालो ऊनको कढाई गरिएको सुनका ताराहरु भएको कालो कोटबाट बनेको होस उच्च स्तरीय कूूूटनीतिज्ञहरुले अझै पनि राजदूतको रुपमा प्रत्येक कूटनीतिक पोस्टिंगमा सुरुमा उच्च स्तरीय कार्यक्रमहरुमा राज्य खटाएको रात्रिभोज वा प्रमाणपत्रहरुको परंपरागत प्रस्तुतीकरणको लागि आधिकारिक कूटनीकि वर्दीको प्रयोग गर्छन । र यस प्रकारका विशेष गरि यस्ता आयोजनाहरुलाई हेर्न पाउँदा साच्चिकै आनन्द लाग्छ समयको स्वाद हामीले फिर्ता पाउँछौं । राज्य प्रमुखलाई राजदूतले आफनो ओहादाको प्रमाणपत्र पेश गरेर र राजदूतले र राजदूतावासका सधैं औपचारिक पोशकहरुले नै सजिएर आउँने पाहुनाहरुलाई स्वागत गरि राखेका हुन्छ, आउने अतिथीहरुलाई पनि निम्तो कार्डमा स्पष्टसंग लेखिएको हुन्छ ड्रेस कोटको बारेमा व्यापारिक सुुट अथवारास्ट्रिय पोशाक भनेर । तर हालका दिनहरुमा कोहि हाप पैन्टमा र टिशर्टमा आउने, कोहि जनजातीहरुले परिवर्तनको नाममा आफूलाई मन लागेको कपडा लगाउन होच्याउने चलनले रास्ट्रिय दिवस हो कि उध्यायनमा घुम्न निस्केको हो पत्ता पाउन गाह्रो नै भो । ड्रेस कोटको प्रोटोकलले राजदूतावासमा आउने अन्य देशका उच्चस्तरीय पाहुनाहरुले मन मनै मूल्यांंङकन गर्छ र विस्तारै आउँन बन्द गर्दे गएको यो पंक्तिकारले देखेको छ ।

प्रजातन्त्रमा स्वर्गीय गणेशमान सिहंले भने जस्तो “स्वास्नी नहुनेलाई स्वास्नी पाउने पनि होइन, घर नहुनेलाई घर पााउने पनि होइन । तर देशका भेषभुषा भनेको त्यो देशलाई बाहिरा जगतलाई चिनाउने चिनारी हो । २०४६ साल भन्दा पहिले गजेन्द्र नारायण सिंहले दौरा शुरुवाल नेपाली टोपि लगाएर सदनमा आएको देखेको थिए यो पक्तिकारले । तराईका कतिपय मन्त्रीहरुले नेपाली पोशकमै आउने चलन थियो । स्वर्गीय डाक्टर मोहमद मोसिनले कहिले पनि मुलिम पैरान पैरेर सदन वा मन्त्रालयमा जानु भएन उहाँ मन्त्री हुँदा वा माथिल्लो सदनको सभा प्रमुख भएको बेला ।

तर नेपालमा जे गरे पनि हुन्छ भन्नेहरुले यो रास्ट्रिय पोशाक बारे पचाउन सकिदैन । २०२४ साल तिरको कुरा हो रसुवाका रास्ट्रिय पन्चायतका सदस्य माननीय लयालु तामागले सदनमा वा बाहिरा जाँदा आउदा पनि नेपाली दौरा सुरुवाल लाउनु हुन्थ्यो, पछि सोनाम छेवाङ तामाङ्ग, दावाफिन्जो तामाङ्ग पनि नेपाली दौरा सुवाल लाउनु हुन्थ्यो जस्को प्रमाण पंक्तिकारसंग तस्बिरहरु सुरक्षित छन ।

नेपाली टोपि नलाई नेपाली सरकारी कार्यालयहरुमा छिर्न सम्म दिँदैन थिए । सिंहदरबारमा त झन नेपाली टोपि जाँच गर्ने ढोगेहरुलाई नै राखेका थियो सरकारले । पंक्तिकारले अमेरिका देखेको ४२ बर्ष भै सके यहाँका संघीय सदनमा काँग्रेसम्यानहरुले सेनेटरहरुले ककिले पनि आफनो कार्यकक्षमा आँउदा फुरमाइस कपडामा आएको देखिदैन । कारण उनिहरुलाई त्यस सदन र आफनो पदको सम्मान स्वरुप सुटटाईमा नै लगाएर आउन पर्छ । आजकल नेपलाी कार्यालयहरुमा गयो भने आधि बौला भएको कमिच र जिनको पेन्टमा कार्यालयका अधिकृतिहरु देखिन्छ । पहिले नेपाली पोशाक अनिवार्य रुपमा लगाउन पर्थ्यो महिलाहरुले चौबन्दी चोली सारी लगाएर आउन पर्थ्यो तर आजकल सबै कर्मचारीहरु राजनीति गर्ने भएर होला । कर्मचारीहरु

होइनन् पार्टिका स्थाइ जनताले तिरेको करको तलब खाने कार्यकर्ता भएका छन् यो चलन नेपालमा बाहेक संसारमा काँहि पनि छैन ।

केहि बर्ष पंक्तिकार ब्राजिलको भ्रमणमा जाने मौका जुर्यो, बिभिन्न देशका जनजातीयहरुसंग अमेरिका साउद लोकोडाका धेरै जनजातिहरु प्नि साथमा थियो । एक दिन ब्रसिलियाको संघीय सदनमा सेनेटरहरुका लाइफ बार्ता चलिरहेको समयमा हाम्रो भ्रमण पर्यो, मैले कोट पेन्ट टाई लगाएँ उनिहरु भन्दै थियो “हामी त यो अंग्रेजहरुले दिएको कपडा लाउँदिन भने प्वांखको श्रीपेच उनिहरुकै लुगा लगाएर निस्के उनिहरु कसैलाई पनि भित्र जान दिएनन् मलाई भने स्वागात गर्दै भित्र लगे ।

हालै एउटा ठाँउमा राष्ट्रिय दिवसको कार्यक्रम रहेछ, महामहिम राजदूतज्यूले पठाउन भएको निम्तो मा प्रष्टसंग लेख्नू भएको रहेछ, पोशक कि राष्ट्रिय पोशक कि व्यापारिक सुट भनेर । तर देशलाई बाँढेर तहल्का मच्चाउनेहरुले आफनो तामाङ्ग पोशाक लगाएर जानु पर्छ भनेर । के तामाङ्ग पोशाक रास्ट्रिय पोशाक हो त । हाम्रो देशमा २०६३ सालको परिवर्तन पछि धेरै उथलपुतल भए त्यो हो पोशाकमा देशलाई बाहिरी सत्रुबाट रास्ट्रिय पोशाकमा पनि एकता ल्याउनु पर्छ । आफनो बाबु मृत्यु हुँदा कपाल नकाट्ने तर बिदेशी नेताको मृत्यु हुँदा कपाल खौरने र नून पनि बार्नेहरु हाम्रा देशका पूर्व प्रधान मन्त्रीहरु नभएका होइनन ।

जिन्दगी भर नेपाली न्यायलयमा न्याधिश भएर काम गर्ने उप राष्ट्र्पतिको सपद लिने बेलामा “ मै नेपाली नै जानता हुँ मै हिन्दीमे सपथ लिउगी भन्ने जोकरहरु पनि नभएका होइनन् हाम्रो देशमा । मैले आङछिरिङ लामा र आङडण्डी लामाहरुलाई राम्रो देखेको पनि हो चिनेको पनि हो तर उहाँहरुले कहिले पनि शेर्पा पोशाक लाएर सदनमा गएको र अन्चलाधिश कार्यालयमा गएको देखिएन । नेपालमा विदेशीहरुले भट्काएर उक्साएर तितरमितर पारेर जसरी सिक्कीमलाई लियो १९७५ सालमा त्यसैगरि लिने दाउमा छन्।हालै दुईजना विद्वानहरुको सम्बाद हिमाल खबरमा आयो एउटा चिन नै सबैथोक हो। अर्को भारातनै सबैथोक हो भने । नेपालको नामनिसाना नै थिएन । कछाट लाउने बाजेहरु आरमानिको सुटमा लाज लाग्नु पर्ने हो नि । राष्ट्रिय पोशकले एकता जनाउँछन् र बाहिरी देशका मानिसहरुले नेपालीहरु एकतामा बाँधिएका छन्।हामीले यिनिहरुलाई चलाउन सकिदैन। हरेका खेतमा थुप्रै गराहरु हुन्छन तर दाई गर्ने खल गरामै हो । कमसे कम हामीहरु विदेशमा छौ बर्षको एक दिन त सबै नेपाली बनौ न त्यसले के बिगारे ? मैले ७ दशक पार गरि सकें तर मैले तामांगहरुको टोपि देखेको थिइन हाम्रा भाईहरुले देखाई दिए तर मैले ससम्मान पूर्वक ग्रहण गरिएन । म पनि अरु नेपालीहरु जस्तै नेपाली नै भएर अमेरिकामा आएँ तामाङ्ग भएर तामासालिङ राज्यको राहदानी लिएर आइन त्यसैले म नेपाली भएर नै यो भूमिलाई छोडने छू । यो स्वतन्त्र बिचार हो कसैलाई चित्ता दुखेमा मैले आत्मग्लानी हुनु पर्दैन भन्ने विस्वासका साथ ।

डिग बहादुर तामाङ्ग, भेडापु, दोलाखा ।

प्रतिक्रिया