सानै थियौ नांगै खुट्टा घुम्ने गर्थ्यौ
आजकाल बाल्यकालको सम्झना आउन थाल्यो
मैले ख्याल गरिन तिम्रो त्यो मिठो बोलिको
बाल्यकालमा हामिले जोडेको मायालु साईनोको
त्यहि घर थियो बाल्यकालमा हामिले नाचेको
तिमिले मिठो भाकामा गित गाएर सुनाएको
आँखामा गाजलु ओठमा लाली लगाएकि रहेछौ
हासि हासि तिमिले आफ्नो नृत्य देखाएछौ
भेट गर्यौ तिमिले म सँग नमानि लाज
मेरि मायालु तिमिलाई भेटन आए आज
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल
प्रतिक्रिया