सन्दिप लामिछाने काण्डले लियो उग्र रुप ! उजुरी दिने बालिका हुन या युवती गोप्य खुलासा ( भिडियो सहित )

इनेप्लिज २०७९ असोज ३ गते ९:४१ मा प्रकाशित

एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई नेपाल ल्याउनेबारे प्रक्रिया नेपाल प्रहरीले अघि बढाएको छ।

सामाजिक सञ्जालमार्फत् चाँडै नेपाल फर्किने बताएका लामिछाने अहिलेसम्म नफर्किएपछि उनी नेपाल आउनेमा शंका उत्पन्न हुन थालेको भन्दै नेपाल प्रहरीले लामिछानेलाई चाँडै नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो।

प्रहरी उच्च स्रोतले लामिछानेलाई नेपाल ल्याउने प्रक्रियाका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँगसमेत समन्वय अघि बढाइएको बताएको छ।

प्रहरी स्रोतले नेपाल लाइभसँग कुरा गर्दै भन्यो, ‘नेपाल नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाउन सुरु गरेका छौं। हामीलाई आशा छ इन्टरपोलमार्फत् ल्याउनुभन्दा पनि उहाँ आफैं नेपाल फर्किनुहुन्छ।’

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसिया पुगेका बेला लामिछानेमाथि बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको थियो। उनीविरुद्ध जाहेरी दर्ता भएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको थियो।

त्यसपछि सन्दीपलाई आबद्ध गरेको जमैका तालवाजलेसमेत उनलाई निकालेको थियो। त्यसपछि चाँडै नेपाल फर्किने भन्दै सामाजिक सञ्जालमार्फत् जानकारी गराएका लामिछाने अहिलेसम्म सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएर लुकेपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत् ल्याउने प्रक्रिया अघि बढाएको हो। यसबारे नेपाल प्रहरीका सहायक प्रवक्ता तथा एसएसपी दानबहादुर कार्कीले भने, ‘यो विषयमा अनुसन्धान अधिकारीलाई मात्र थाह छ। अनुसन्धानका लागि के चाँहिने क–कसको आवश्यक त्यो अनुसार काम भएको होला।’ सन्दीपलाई अध्यागमन विभागलेसमेत कालोसूचीमा राखिसकेको छ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया