डिसीमा नवराज पराजुलीको “कविता कन्सर्ट” हुने

इनेप्लिज २०७९ असोज २ गते १५:३६ मा प्रकाशित

 राम अधिकारी, भर्जिनिया

डिसी महानगर क्षेत्रमा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” हुने भएको छ।  अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा यह्नी अक्तोबेर २ तारिख आइतबारका दिन मनासस पार्क कमुनिटी सेन्टर, मनाससमा साँझ ५ देखि ८ बजे सम्म कार्यक्रम हुने संस्थाका अध्यक्ष पुस्कर पन्तले जानकारी दिएका छन्। 

नवराज पराजुली नेपाली साहित्यका उदाउँदा कवि हुन्  र काव्यिक यात्रामा  कवितालाई नयाँ उचाइमा पुर्याउन र बिशेषगरी युवापुस्तामा कविता लेख्ने र सुन्ने परम्परालाई विकास गर्न र  कलात्मक तवरले प्रस्तुत गर्नमा उनको बिशेष योगदान छ। युवामाझ चिनिएका कबि अहिले अहिले अमेरिकाको विभिन्न सहरहरुमा कविता कन्सर्ट गरिरहेका छन्।

पहिलो कविताकृति ‘सगरमाथाको गहिराइ’ का लागि पद्मश्री साहित्य  पुरस्कार-२०६३ द्वारा सम्मानित नवराज पराजुली त्यहि पहिलो कविता कृतिबाट सुपरिचित छन् । खासगरी नेपाली समुदाय रहेका संसारका विभिन्न ठाउँमा कविताको प्रस्तुति दिएसकेका पराजुली ओक्टोबरमा अमेरिकाको राजधानी डिसी आउन लागेका हुन।  सांगीतिक तवरले कविता पस्कने र त्यसलाई बढी बोधात्मक र रसपूर्ण बनाउन फरक बाचन शैली प्रयोग गर्ने कवि पराजुलीको कन्सर्टको लागि आयोजकले १५ डलर शुल्क निर्धारण गरेको छ। साथै कार्यक्रममा नवश्रीको बिशेष सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।  टिकट www.xudostore.com  बाट लिन सकिने छ।

प्रतिक्रिया