नवसर्जकको मधेस प्रदेशले गर्यो निबन्ध प्रतियोगिता

इनेप्लिज २०७९ भदौ २९ गते २१:५२ मा प्रकाशित

रौतहट,

नवसर्जक साहित्य चौतारी नेपाल, मधेस प्रदेश समितिको आयोजनामा रौतहटमा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा २० जनाले भाग लिएका थिए ।

बाल अधिकार विषयमा दिइएको निबन्ध प्रतियोगितामा सोहाना यादव प्रथम, आशीष कुमार साह द्वितीय तथा मुन्ना कुमार साह र परिनिता साहले तृतीय स्थान प्राप्त गरी पुरस्कृत भएका छन् । आयोजक संस्थाका प्रदेश अध्यक्ष रुबिकुमारी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवा सन्तोषकुमार साहले विजयी प्रतिभाहरुलाई पुरस्कृत गर्दै बालबालिकालाई शिक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा नवसर्जकका प्रदेश संरक्षक साहित्यकार सञ्जय साह मित्र, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष साहित्यकार किशुनदयाल यादवसहित श्री माध्यमिक विद्यालय गरुडाका सहायक प्रधानाध्यापक राम एकबाल पण्डित, शिक्षकहरु तथा विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कुमार चन्दन तथा उपस्थित सबैलाई ममता कुमारी यादवले स्वागत गरेका थिए भने कार्यक्रमको व्यवस्थापन आयोजक संस्थाका कोषाध्यक्ष अभिजीत कुमार राम र रवीन्द्र पटेलले गरेका थिए । मधेस प्रदेश समितिले पहिलोपटक गरेको कार्यक्रम निकै प्रभावकारी भएको जनाइएको छ । कार्यक्रमबाट बालबालिकाहरु धेरै खुसी भएको जनाइएको छ ।

प्रतिक्रिया