अमेरिकामा १६ कुराहरु सिक्दा राम्रो

इनेप्लिज २०७९ भदौ २६ गते २२:११ मा प्रकाशित

अमेरिकाको चरम विकास र बिज्ञानको चमत्कारको कारण सवैका लागि अमेरिका क्षितिज पारी छ भन्ने अब रहेन l सामाजिक संजाल र संचारको बिकासको कारण अमेरिका सबैले बुझेका छन् l अमेरिकाबारे जानेका छन् l तथापी व्यवहारिक रुपमा थुप्रै कुराहरुमा आप्रवासीहरु चुक्दछन l मानिसले जीवन भर सिक्नु पर्छ यही नै हाम्रो धर्म र कर्तब्य पनि हो l

मानिसले जीवन भर सिक्नु पर्छ यही नै हाम्रो धर्म र कर्तब्य पनि हो l

आफ्नो देशमा एक नियम ,कानून,आदत ,दैनिक रहन सहन ,आचरण ,बोलीचाली लगायत थुप्रै अनगिन्ती कुराहरु गर्ने अभ्यास भएकोले त्यस्तो अभ्यास लागू गर्न खोज्दा अमेरिका आएका नवआगन्तुकहरु निकै अप्ठ्यारोमा पर्दछन l

धेरै कुराहरु सावधानी रहनु पर्ने ,सिक्नु पर्ने र जान्नु पर्ने हुन्छ l हामी मध्ये धेरैलाई अवगत भएता पनि धेरै ठाउँमा हामी चुक्दछौ l फेरी हामी जस्तो गरिव मूलुक बाट आएका नागरिकले यस्ता कुराहरु शहरमा केही सिक्ने मौका पाएता पनि गाउँ घर बाट आएकालाई केही कठिन हुने हुनाले १६ कुराहरु सिके अमेरिकामा फाइदै फाइदा हुनेछ l

१. तातोपानीमा नुहाउने (स्नान )गर्ने प्रचलन : अमेरिकामा बार्हैमास सबै मौसममा मानिस तातो अर्थात् मन तातो पानीमा नुहाउने गर्छन l नेपाल जस्तो ठानेर चिसो पानीमा नुहाउने गर्ने भएता पनि कालान्तरमा तातो पानी मै बानि पर्नेछ l यो कुरा स्मरण गर्नु होला l सवै सुबिधा भएकोले स्नान गृहमा नै त्यो व्यवस्था हुन्छ

२. रात्री भोजन छिटो खाने चलन : अमेरिकामा औसतमा मानिसहरु रात्री भोजन छिटो खाने गर्छन l बिदेशीहरु ६ देखि ६ :३० लाई उत्तम समय मान्दछन l यस्तै समय रोज्नु पर्ने भन्ने कदापी हैन l तर कामको प्रवृति फरक र निकै मेहनत गर्नु पर्ने हुनाले छिटो रात्री भोजन गरेर छिटो उठ्ने गर्ने चलन पनि छ l अप्रवासीहरु अलिक ढिलो खाने र ढिलो उठ्ने पनि गर्ने गर्छन l समग्रमा छिटो रात्री भोजन गर्नु स्वास्थ्यको लागि राम्रो पनि हुन्छ l महानगर शहरहरुमा भने राती ढिलो खाने र ढिलो उठ्ने चलन पनि हुन्छ तर औसतमा छिटो सुत्ने र छिटो उठ्ने गर्छन l

३. अमेरिकामा शिष्टाचारको महत्व : अमेरिकामा अत्यधिक रुपमा कृपया ,धन्यबाद ,आभार प्रकट तथा माफ गर्नु होला ,क्षमायाचना तथा अन्य यस्ता शब्दहरु प्रयोग गर्ने चलन छ l नवागन्तुकले हत्तपत्त थाहा पाउदैनन l र ,हामी नेपालमा यस्ता कुराहरुमा पछाडी भएकोले अमेरिकामा छिटो कुरा जान्नु पर्छ l सानो या ठूलो सबैलाई प्रयोग गर्न अप्ठ्यारो मान्नु हुन्न l

४. अंग्रेजी जन्म मिति कन्ठ हुनु पर्ने : हामी बिक्रम सम्बत् मा जन्म मिति याद गर्ने भएकोले कन्ठ बनाउनु पर्छ l भन्नु मिल्दैन ,नेपालमा एउटा भन्दा ज्यादा पनि नागरिकता भएका मानिसहरु पनि भएका भनि समाचारमा पढ्न पाइन्छ l फेरी आफ्नो जन्म दिन ठिक सँग नभई कैयौ त्रुटि हुन् जाने भएकोले अमेरिका जस्तो नेपालमा ठिक जन्म मिति नहुन पनि सक्छ l पटक पटक जन्म मिति चाहिने हुनाले आफ्नो सक्कली जन्म मिति नभएर राहदानीमा भएको जन्म मिति चाही याद गर्नु पर्छ l

५. राती ९ बजे पछि दूरसंचारमा कुरा नगर्नु नै बेश : अमेरिकामा एक बिहानै दूरवार्ता (टेलिफोन )गर्ने चलन हुदैन l र ,राती पनि अधिकांश प्राय जसो ९ बजे देखि मानिसले दुख दिदैनन l हामीले पनि अमेरिका आएर सिकेको हुनाले यसो गर्दा सभ्य सम्झिन्छ l तर बिद्यार्थी तथा महानगर शहरहरुमा भने फरक हुन् सक्छ l तर आम मानिसले ९ बजे पछि हत्तपत्त फोन (दुर संचार )प्रयोग गर्दैनन् l आकस्मिक बाहेक आफन्त र परिवार भित्र पनि राती कुराकानी गर्दैनन् l

६.अमेरिकामा काम या घरमा दैनिक लुगा फेर्ने चलन : अमेरिकामा घर बस्नेले पनि अर्को दिन नया लुगा लगाउने चलन छ l काममा हरेक दिन अर्को लुगा लगाइन्छ l हिजोको लुगा भोलि लगाएर आयो भने फोहरी सम्झन्छन l जसरी भए पनि आज लगाएको लुगा भोली त्यहि न लगाउनु नै राम्रो हुन्छ l

७. तलब नसोध्ने चलन :अमेरिकामा एकले अर्का को तलब सोध्ने चलन बिल्कुलै हुदैन l संगै काम गर्ने सहकर्मीको पनि तलब फरक हुन् सक्छ l नेपालमा सोध्ने चलन भएकोले यहाँ पनि सोध्न मान लाग्न पनि सक्छ तर नसोध्नु नै राम्रो l आफुले पनि नभन्ने l

८. काम बारे सोधी नहाल्नु : अमेरिकामा के काम गर्छस भन्ने सोध्ने चलन कम हुन्छ l कुन पदमा के कस्तो ज्यादा सोध्ने चलन नहुने हुनाले हामि पनि यस्ता कुरा याद राखौ l नसोध्ने भन्ने बिल्कुलै हुदैन l सोध्ने पनि गरिन्छ तर समग्रमा कम चलन छ l

९. मोबाइल (भ्रमण ध्वनि )या घरको सम्पर्क संख्या माग्ने चलन कम : अमेरिकामा ज्यादै मिल्ने साथीभाई संग मात्र मोबाइल (भ्रमण ध्वनि )या घरको सम्पर्क संख्या माग्ने चलन छ l नेपाली नेपाली बीच सम्पर्क संख्या आदान प्रदान गर्ने चलन वृद्धि भएको छ l अझ पनि सम्पर्क संख्या दिने र माग्ने चलन कम हुन्छ किनभने सामाजिक संजाल मार्फत भेटिने हुनाले कम माग्ने चलन हुन्छ l बिदेशीहरुले माग्दैनन l उनीहरुले पनि दिने चलन हुदैंन l तसर्थ काम गर्दा मात्र साथी काम मै भेट हुन्छ र कुरा गरौला भन्ने सोच विचार बनाउदा नै राम्रो l नदिने भन्ने चै हैन l

१०. छोटो कुरा गर्नु पर्छ : अमेरिकामा ज्यादा लामो कुरा गरिदैन l व्यस्त हुनाले छोटो मिठो गफ गर्छन l धेरै खोजिनीति नगर्दा नै राम्रो l नव आगन्तुकलाई यो कुरा जान्नु जरुरी हुन्छ l फेरी अर्थको अनर्थ नलागोस ,लामो कुरा पनि नहुने हैन तर काम र अन्य स्थानमा छोटो कुरा गर्ने अमेरिकन प्रचलन छ l छोटो सवाल छोटो जवाफ दिने मात्र प्रचलन छ ।

११.बालबालिकालाई हिर्काउन/पिट्न नहुने : अभिभावकले भुलेर पनि आफ्ना बालबालिकालाई पिट्नु हुदैन l सार्बजनिक स्थलमा अझ डर हुन्छ l छोराछोरीलाई पिटेको छिमेकिले पनि प्रहरी बोलाई दिने हुनाले हामीलाई अप्ठ्यारो पर्ने हुनाले सतर्क हुनु जरुरी छ l बालबालिका रोए भने अझ मुस्किल हुन्छ l शारीरिक चोट पटक भयो भने हथकडी लगाइन्छ l जे जस्तो गरेता पनि गाली भन्द अपनी सम्झाउनु नै बेस हुन्छ l

१२. यौन उत्पीडन/घरेलु हिंसा : कुनै पनि हालतमा अमेरिकन समाजमा यौन उत्पीडन तथा घरेलु हिंशामा संलग्न हुनु हुदैन l यसबाट एक कोस टाडा रहनु नै उत्तम हुन्छ l हामी यहा आफु र परिवारको उज्ज्वल भविष्यको लागि आएका हौ l कुनै पनि हालतमा यस्ता गलत बाटो अपनाउनु हुन्न l कानून कडा भएकोले साबधान र सतर्क हुनु पर्छ l

१३. काममा नेपाल जस्तो चिटिक्क पर्नु नपर्ने : अमेरिकामा सवै भन्दा राम्रो चिज नै काममा सफा सुग्घर कपडा लगाउने l कार्यालय भनेर गएता पनि सामान्य लुगा ले नै काम चल्ने हुन्छ l अमेरिकामा लुगा महंगो पर्छ भनेर धेरै त्यस्ता लुगा ल्याई रहनु नपर्ने l याद गर्नु पर्ने कुरा कपडामा स्त्री (आइरन )नगरी जाँदा पनि हुने हुन्छ l नेपाल जस्तो सधै चिटिक्क पर्नु नपर्ने l संग्रहमा अमेरिकामा लगाउने वस्त्र सीएनएन बिबिसी का समाचार वाचकले झैँ लगाउनु नै पर्ने l

१४ उधारो नमाग्ने : उधारो प्रेम को कैची हो भन्ने नेपालका पसलमा देखिन्छन l आफै कमाएर खाने योजना बनाउने l नेपाल जस्तो सापटी मागेर काम चलाउने मस्तिष्क नचलाउनु होला l केही किन्न पैसा पुगेन साथीभाई संग मागेर फर्माइस गर्ने भन्ने परिकल्पना नगर्नु होला l अमेरिकामा सापटी दिने गरिदैन l कतिखेर कस्को जागिर जान्छ ,थाहा नै हुदैन l तसर्थ बाकि माग्ने सपनामा पनि नसोच्नु होला l

१५. अमेरिका आउने हो भने ४- ८ घण्टा सम्म उभिने कसरत अभ्यास गर्न जरुरी : अमेरिका हाम्रो ससुराली नभएकोले आउने बित्तिकै तपाईलाई ८४ व्यंजन खुवाउने ठेक्का लिएको हुदैन l र ,मयुरको प्वाखबाट बनेको हाते पंखाले हम्किएर स्वागत गर्ने कोही पनि आउदैन l नेपालमा प्रहरी र सेनाहरु ८ घण्टा सम्म हामीले उभिएर जनताको सुरक्षा दिई रहेका छन् l उनीहरुलाई दुख्दैन किनकी उनीहरुले अभ्यास गरेका छन् l हामीले अमेरिका आउनु अगाडी नै बानी बसाल्नु पर्छ l

अत्यधिक काममा उभिएर ज्यादा काम गर्ने चलन हुनाले कहिले बानी नपर्ने मानिसले ज्यादै दुख पाएका छन् l सवै कुरा अभ्यासमा भर पर्ने हुनाले अमेरिका आउने पक्का भए पछि उभिन सुरु गर्दा राम्रो हुन्छ l स्मरण रहोस उभिएर काम गर्दा ज्यादै फाइदा हुन्छ l

१६.सवै परिवार काम गर्ने चलन : अमेरिकामा घरका सवै जना काम गर्ने प्रचलन हुने हुनाले घर राम्रो चल्छ l एक जना या दुई जनाले कमाउने अरुले खाने भन्ने अमेरिकामा हुदैन l अमेरिका आए पछि कडा परिश्रम गर्दै मेहनत गरे मानिसले दुई बर्ष भित्र घर किन्ने र राम्रो बन्दोबस्त गर्न सक्छ l नेपालबाट हामी आएकोले छोरा छोरीले पढून र हामी काम गरौ भने अभिभावक पनि छन् र गर्नु पनि पर्छ l तर अमेरिकामा सानो देखि नै त्यस्तै प्रकारका काम गर्न सरकारले अनुमति दिएकोले सानै देखि काम गर्न प्रोत्साहन गरेता पनि अध्ययन तर्फ केन्द्रित गराउनु पर्छ l

अमेरिका आए पछि कडा परिश्रम गर्दै मेहनत गरे मानिसले दुई बर्ष भित्र घर किन्ने र राम्रो बन्दोबस्त गर्न सक्छ l

अमेरिकामा पढ्दै काम गर्ने अधिकांश भएकोले सवै मिलेर काम गरि कमाईयो भने कहिले आर्थिक सङ्कट पर्दैन l

प्रतिक्रिया