शुरु भयो प्रशारण पारिवारीक कथामा आधारित टेलिचलचित्र “छोरो सौताको”

इनेप्लिज २०७९ भदौ २६ गते ९:२० मा प्रकाशित

पारिवारीक कथामा आधारित टेलिचलचित्र “छोरो सौताको” युटुव च्यानल युवामन नेपाल बाट प्रशारण शुरु भएको छ । गोबिन्द मोतेको लेखनमा तयार भएको उक्त सिरियलमा नयाँ तथा पुराना कलाकारको समेत अभिनय रहेको छ । सिमित श्रोत साधनमा बनेको “छोरो सौताको” कथा भने मौलिक रहेको छ । लेखनको साथै गीत पनि गोविन्द मोतेको छ भने यसका संगीतकार तारबिर पाण्डे तथा गायक अशोक थापा हुन ।

पारिवारिक उतारचढाव बेसमा रहेको कथाले केहि सन्देस पनि बोकेको छ “छोरो सौताको” सिरियलले यसका कलाकारहरुमा सुमन मोते,नीरा चाहर सुन्दास,धुर्व कोइराला,गोविन्द मोते,ज्ञानेन्द्र कोइराला,पारुहाङ बान्तवा,राकेश दर्नाल,दीपक बर्वेलोन,धनराज,इन्दिरा,नविन,पूर्ण,स्वयम्,संकल्प थापा,रविन खरेल,नीता खरेल अदिको मुख्य भुमिका रहेको छ ।

अन्य प्राबिधिक हरुमा आर्यन र मिलनले प्रकास सम्होलका छन भने श्रृगांर र स्थिर स्न्यापसट स्टुडियोको रहेको छ । रचनात्मक निर्देशक,सुमन मोतको जिम्मा रहेको यस सिरियलका निर्माता गोविन्द मोते हुन भने सिनेमेटोग्राफर,सम्पादन तथा निर्देशन सन्देश मोतेले गरेका हुन हेर्नुस “छोरो सौताको” भिडियोमा

प्रतिक्रिया