जनम जनम सयौ जनमको……..

गोबिन्द राज ओझा (राजन) २०७९ भदौ २५ गते १०:१० मा प्रकाशित

जनम जनम सयौ जनमको लागि तिमि मेरो भयौ

यो धर्तिमा तिमिले मेरो लागि जन्म लियौ

मलाई माया गरि मेरो दिल  खुसि बनाउ

म नाच्छु आज तिमिले गित गाउ

तिमि त्यो गाउँमा मेरै लागि बसेकि छौ

तिमिले  दु:खमा मेरो साथ खोज्छौ

तिमि जहाँ भए पनि मेरि हौ

हर पलमा तिमि मेरो साथमा रहन्छौ

जनम जनम सयौ जनमको लागि तिमि मेरो भयौ

यो धर्तिमा तिमिले मेरो लागि जन्म लियौ          

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल                      

प्रतिक्रिया