मेरो लागि ब्रत बस्छौ जान्छौ……….

गोबिन्द राज ओझा (राजन) २०७९ भदौ २१ गते ११:२३ मा प्रकाशित

मेरो लागि ब्रत बस्छौ जान्छौ तिमि मन्दिरमा     

खुसि रहोस जिन्दगि मेरो बरदान माग्छौ मन्दिरमा

मन्दिरमा पुजा सकि मेरो निधारमा टिका लगाउछौ

सयौ जुनि सँगै हुन पाउ यहि कामना गर्छौ

अजम्बरी हाम्रो नाता मान्छन यो सारा दुनियाले

केहि समय कुराकानि गर प्रिय तिमिले

हाम्रो यो साईनो कहिले टुटन दिनु हुदैन

जन्म घर छोडि आयौ तिमिले मन दुखाउन हुदैन

स्वर्ग जस्तो घर होस हाम्रो यहि बर माग्नु तिमिले

केहि समय कुराकानि गर प्रिय तिमिले

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल                

प्रतिक्रिया