रुसले युक्रेनको युद्धभूमीमा इरानी मानवरहित युद्ध वायुयानहरु (ड्रोन) तैनाथ गर्ने अमेरिकाको अनुमान छ । रुसीहरूले यस महिनाको सुरुमा इरानी हवाई मैदानबाट चालकबिहिन युद्ध वायुयानहरु ल्याएका छन् ।
अगस्तको मध्यमा कार्गो (पोतभार)विमानहरूबाट मानवरहित युद्ध वायुयानहरु रुस पठाईएको बाइडेन प्रसाशनका अधिकारीहरूले सिएनएनलाई भने।
रुसी अधिकारीहरूले गत महिनाको अन्त्यमा इरानमा मानवरहित युद्ध वायुयानहरुको (ड्रोनहरू)प्रशिक्षण सुरु गरेका थिए ।
रुसीहरुले त्यहाँ उडाएका पनि थिए । अमेरिकी गुप्तचर अधिकारीहरूले यो विश्वास गरेका छन कि रूसले इरानबाट खरिद गरेका धेरै मानवरहित युद्धबिमानहरु पहिले धेरै असफलताहरूको अनुभव गरिसकेको छ ।
अधिकारीहरुका अनुसार रूसले सयौं आयात गर्न चाहान्छ किनभने यो आकाशबाट जमिनमा आक्रमण गर्न, बिधुतिय युद्ध र युक्रेन भित्र लक्षित गर्न प्रयोग गरिन्छ।
प्रतिक्रिया