तीज

भावना पाण्डे २०७९ भदौ १३ गते २१:४८ मा प्रकाशित

 

फेरी आयो तीज,
आमाले पकाएको
दर नखाएको एक दशक
नै भैसक्यो , तीज भन्ने
बित्तिकै पहिलो त आमाले
पकाएको दर हो।

नेपाली हिंदू नारीहरूको
महान चाड हो तीज ,
तीज भन्ने बित्तिकै
मन चुलबुल हलचल
गर्छ महिलाहरुको,
नाचगान ,खानपान
अनी भगवान
शिवको आराधना ,
पतिको दीर्घायु
शुस्वस्थशुख समृद्धि
आ-आफ़नो अटल
शौभाग्यको कामना
गर्ने चाड हो तीज ।

नेपाली नारीहरु
रातो पहिरन,ग़रगहना पोते
सिंदूर चुरामा सजीएर
मनाउछन तीज
नेपालमा रहूँन वा विदेशमा
उत्तिकै उत्साहका साथ
मनाउछन नारीहरु तीज।

नारी राम्री सारीमा
संचिकै सार्थक लागछ
रातो रंगलाई हाम्रो
संस्कृतिमा शक्ति,
शाहस , क्रांति को
संज्ञा पनि दिहीनछ
यसले नारी शक्तिलाई
अझ बढ़ी उजागर गर्छ
भन्ने भनाई पनि छ ।

शोह्र श्रिंगारले नारीलाई
भगवती , पार्वती र
सतीको शक्ति प्रदान गर्छ
पति प्रति को समर्पण
बिश्वाश झल्काउछ
भन्ने धारणा पनि छ।

पोतेले विवाहित महिलालाई
आफ़नो अटल शौभाग्य ,
शुभमंगल र दीर्घायुको
बोध गराउछ ।
त्यसमा पनि रातो ,
हरियो र पहेलो पोतेलाई
अझै शुभ मनिंछ ।

रातो ऊर्जाको प्रतीक हो भनिंछ ।
रंगीचंगी पोते ले नारीसौंदर्य
बढ़ने क़ुरा त कोही नकारनै सकिदैन ।
छड़के तिलहरि हाम्रो
मुख्य सौभाग्य नै हो भनिंछ।
तिलहरि हाम्रो नेपाली
संस्कृति परम्परा र सभ्यता
जसले नेपालको परिचय दिनछ ।

सिउदोको सिंदूरले आफ़नो
अटल शौभाग्य र पतिको
शुख़ समृद्धिको कामना
गर्छ भन्ने मान्यता छ ।
टिका पनि सौंदर्यको र
शौभाग्यको प्रतीक हो,
यसलाई नारीको तेस्रो
नेत्र पनि भन्ने गरिंछ।

पति पत्नी बीचको
सम्बंधलाई प्रगाड बनाउने
पुरानो मान्यता त छ नै ।
टिकालाई पनि शक्तिको
प्रतीक नै मनिन्थ्यो
प्राचीनकाल मा ।
टिका लगाऊँनाले पतिलाई
आफ़ु तीर आकर्षण गर्ने
शक्ति हूँछ भन्ने विश्वास गरिन्थ्यो।

चुराको पनि उत्तिकै महत्व छ ।
नारीको सौंदर्य त हो नै
त्यो भँदा पनि तीजको क़ुरा
गरिरहदा यो पनि अटल
शौभाग्यको प्रतीक नै हो ।

कपालमा लगाईने
धागोंलाई पनि हामी शौभाग्य ,
दीर्घायु को प्रतिक मनिंछ ।
तेल लगाउने , कपाल कोर्ने
प्रचलन त मलाई राम्रो
थाहा छ मेरो आमा सधै गर्नु हुँथ्यो ।
नारीको रूप निखारिंछ भन्नु हुँथ्यो ।

यो सबै पहिरन परम्पराका
क़ुरा गरिरहदा मेरो मनमा
एउटा जिज्ञासा कौतूहल
प्रस्न ले जन्म लीएको छ ।

तेसो किन त ,
सधै रातो सारीमा सजिरहने
दीदी बैनी काकीहरु
उमेरको २५ बसन्त पार
नगर्दै सेतो पहिरनमा
हिंडन बाध्य भए ।
ऊनीहरु को बेरंग़ले मलाई
चिमोटि रहेछ दुखाईरहेछ
उनको रातो रंगको
शक्तिले किन काम गरेन ?

निधार देखी टाउको सम्म
सिन्दूरको रंगले रंगीएकी
किशोरी एककाएक जीवन
भरका लागी बेरँग हूँछिन ।
त्यो सिन्दूरको शक्ति
हरायो किन होला?

रातो सारी चुरा पोते दीएर
अग्निलाई शाक्षी राखी
सात फेरा लीएर सात
जुनिको क़सम खाएको मानिस
अनायासै जीवन बाट
भागेर अर्कैलाई चुरा
पोते दिन जांछ भने
कहाँ ग़यो यसको शक्ति ?
के रह्यो त चुरा पोतेको सम्मान ?

जसको अटल दीर्घायुको
लागी सृंगार गरेर ब्रत
बसेर पूजा अर्चना गरछीन नारी
उसले मन अन्तै साटे पछी
कता हरायो चुरा पोते
सिन्दूरको मर्यादा
मान सम्मान र खाईएका
सात बचनहरु ,ती क़समहरु ?

यसो भानिरहदा म यसको
बिरोधी भने पक्कै होईन
मलाई रातो सारी पोते
चुरा सिंदूर को ख़िलाफ़
कहीलै थीईन अनी छैन पनि ।
म एउटि नेपाली नारी हूँ ।
मैले पनी तीन दशक
देखी यो गर्दै आएकी छु
र गरिरहने छु
मलाई तीज हाम्रो परम्परा
संस्कृति मा आस्था र सम्मान छ ।
याध्यपि यी मेरा मनमा उठेक़ा
नितान्त व्यक्तिगत बिचारहरु हुन ।

साथी , दीदी, बैनी , काकी ,
माईजु हरुको अटल शौभाग् ,
शुख़ी ,ख़ुशी र स्वस्थ समृद्ध
जीवनको लागी भगवान
पशुपतिनाथ संग प्रार्थना गर्दछु ।
महान चाड तीजको
लाख लाख मंगलमय
शुभकामना 💐

प्रतिक्रिया