आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी हुने– नेकां(विपी) केन्द्रीय सभापति शेरचन

इनेप्लिज २०७९ भदौ १२ गते २२:२० मा प्रकाशित

विराटनगर,१२ भदौ । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुसिलमान शेरचनले जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बताउनु भयो ।

उहाँले आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पार्टीले सङ्घीय संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने र अध्याधिक स्थानमा विजयी हुने दावी समेत गर्नु भयो ।

सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न , गरिवी निवारण , राष्ट्र र राष्ट्रिय जोगाउन उद्देश्यले कार्य गर्ने बताउनु भयो ।

पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद र प्रदेश सभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्ताहरुलाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिनु भयो ।

उहाँले वीपीले अङ्गिकर गरेको वाटोमा पार्टी सञ्चालन भैरहेको दावी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य एजेण्डा भएको धारणा राख्नु भयो ।

प्रतिक्रिया