महिलामाथिको श्रम शोषणले पारेको गभीर प्रभाब

टंक पन्त २०७९ भदौ ८ गते १५:०८ मा प्रकाशित

पुजा महत दुइ महिना अगाडि स्वेदश फर्किन् । उनी भण्डै चार बर्ष देश बाहिर श्रम गरेर बसिन । उनले चार बर्ष सम्म निरन्तर आफुले कमाएको पैसा घर पठाइन् । कपिलबस्तु ४ की महत घर फर्कदा उनको घरमा केही थिएन अर्थात कमाएको पैसा श्रीमानले जथाभाबी गरेर सकेछन । उनी भन्छिन –झण्डै २५ लाख बढी मैले घर पठाए तर श्रीमानले त्यो पैसा बच्चाको फि र अन्यमा खर्च भएको दाबी गरे । तर त्यसो नभएर उनले जांड रक्सी खाएनन् त्यो भन्दा बढी अर्कैसंग लागेर पैसा पनि स्वाहा पारेछन । त्यो कुरा स्वदेश आएपछि मात्र थाहा भयो । जब उनी घर पर्केर हिसाब खोजिन श्रीमान घरबाटै हिडे । किनकि उनले अन्तै घरजम गराइसकेका रहेछन । अहिले श्रीमान घर बस्दैनन । उनले काम गरेर छोराछोरी पढाउने र घर खर्च चलाउने गर्छिन । उनी बिदेश छउञ्जेल श्रीमानले तिमीले पठाएको धेरै खर्च गरेको छैन भन्ने गर्थे । जब चार महिना अघि मात्र श्रीमानको चाला ठीक नभएको सुंइको पाएपछि उनी घर फर्किने निधोमा पगेकी हुन । छोराछोरी पढाउने र अब घर गएर केही ब्यबसाय गरौला भनी ठुलो सपना बोकेर आएको त बेइमान अपराधीले मेरो चार बर्षको कठोर श्रम र पसिनाबाट कमाएको रकम खरानीमा परिणत गरिदिएछ –महत भक्कानिदै महत थप्छिन –चार बर्ष कमाएको मध्ये कम्तिमा आधा भन्दा बढी सुरक्षित राखे होलान त्यो रकमले कुनै ब्यबसाय गर्ने अपेक्षा थियो घर आउंदा न पैसो रहयो न श्रीमान नै । यस्ता अपराधीले गर्दा आफनो सम्पुर्ण योजना र सपना भताभुंग मात्र भएन चार बर्ष जुन अबस्थामा बिदेशिएकी थिएं त्यहि हालतमा परिणत भए ।

उनी चार बर्ष अगाडि निकै मेहनत गरेर बाहिर गएकी हुन । उनलाई बाहिर जान पनि माइतीको आर्थिक सहयोग भएको थियो । तर आज उनी चार बर्ष बाहिर बसेर आएपछि उहि सिमेण्ट , बालुवा बोक्ने काममा फर्किन बाध्य भएकी छन । परिबारबाटै बेइमानी भएपछि महत जस्ता थुप्रै दिदी बहिनी त्यो अबस्थामा पुग्न बाध्य छन । महिलालाई बाहिर जान यसै पनि धेरै समस्या झेल्नु पर्ने मात्र होइन मुल ढोकाबाट नभएर जस्केलाको बाटो प्रयोग गर्नुपर्छ । राज्यको नीति पनि बिभेदपुर्ण छ । महिलाको श्रमलाई खेलबाड गरेको थाहा पाउंदा पनि समाज चुइक्क नबोल्ने अबस्था एकातिर छ भने अर्कोतिर बिदेश गएकी महिलालाई त्यसै पनि अनाबश्यक आरोप लगाउने प्रबृत्ति पनि बिधमान छ ।जब सम्म यो बिभेदपुर्ण अबस्था रहन्छ तब सम्म समाजको उन्नति हुदैन । समाज त्यो अबस्थामा रहनु भनेको देशको उन्नतिमा बाधा पार्नु सरह मान्नु पर्छ ।

श्रम मानब जीवनको आधार हो । त्यस कारण मर्यादित श्रम जब सम्म हुंदैन तब सम्म मानब समाज पनि मर्यादित समृद्ध हुन सक्तैन । हाम्रो सबिधानको धारा ३४ ले श्रमको हकमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुन्छ भनेको छ । श्रम भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर भन्ने रुपमा लिइन्छ । सबिधानको सोही धारामा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक दिने एवं सुबिधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने छ भन्ने कुरा स्पष्टताका साथ उल्लेख छ । सबिधान अनुसार श्रम ऐन २०७४ पनि छ । सबिधान जति सकारात्मक छ त्यो अनुसार नागरिकले श्रम अनुसार पारिश्रमिक पाउन नसकेको अबस्था छ । त्यसमा पनि महिलाले दैनिक १८ घण्टा श्रम गर्छन त्यसको मुल्यांकन हुने ब्यबस्था श्रम ऐनले गरेको छैन ।

बिहान उठेदेखि सांझ अबेर सम्म महिलाका काम निकै धेरै हुन्छन तर त्यसको कुनै गणना नै हुंदैन । श्रम ऐनले पनि त्यो अनुसार ब्याख्या गरेको छैन । पुरुष दिउंसो जागीरमा गएपछि उनलाई सांझ थकाई लाग्छ तर महिला जागीरबाट फर्केपछि घरको काममा जोतिन्ु पर्ने । अझ बाहिर जागीरमा नजाने तर बिहान देखि सांझ अबेर सम्म काममा ब्यस्त हुने तर हातमा नगद नहुनेको त श्रमको मुल्यांकन नै नहुने स्थिति रहेको छ । पुरुषले महिनामा केही रकम ल्याएको देखिने तर बिहान देखि सांझ अबेर सम्म काममा जोतिनु पर्ने महिलाको काम नदेखिने स्थिति छ । त्यतिमात्र कहां हो र कतिपय महिला बैदेशिक रोजगारीमा गएका हुन्छन उनीहरुहरुले प्रत्येक महिना घरमा पैसा पठाउने गर्छन तर जब घर फर्किन्छन उनको हातमा एक पैसा नहुने गरेका कारण निकै अफ्टयारो सामाना गर्नुपरेको छ ।

अर्को कुरा पुरुष बिदेश गएर फर्किदा कुनै प्रश्न नउठ्ने तर महिला बिदेश गएर फर्किदा अनेक खाले प्रश्न उठाउने गरिन्छ । यस्तो खालको बिभेदले महिला प्रताडित हुने गरेका छन । महिला समानता नीति प्रभाबकारी लागु हुन नसक्नु, बैदेशिक रोजगारीमा जाने महिलाको सम्मान नहुनु जस्ता कार्यले महिलामाथि अन्याय भएको छ । सयुक्त राष्ट्र«संघका सबै सदस्य राष्ट्रहरुद्धारा अनुमोदन भएको दिगो बिकास लक्ष्य २०३०मा भनिएको छ –समग्र रुपमा महिलाको अबस्थामा सकारात्मक परिबर्तन ल्याउन राजनीतिक , आर्थिक , तथा सार्बजनिक जीवनका सबै निर्णायक तहमा नेतृत्वका लागि महिलाहरुको प्रभाबकारी सहभागिता तथा समान अबसरको सुनिश्चितता , सबै महिला र पुरुषका लागि पुर्ण एवं उत
उत्पादनशील रोजगारी तथा मर्यादित कामका साथै समान कामका लागि समान ज्यालाको ब्यबस्था , समान स्तरको शिक्षा र समाजमा रहेको पितृसतात्मक सोचको अन्त्य हुनु अपरिहार्य रहेको छ । नेपालले २०३० सम्ममा दिगो बिकास लक्ष्य हासिल गर्नुपर्छ त्यसका लागि महिलाको श्रमलाई श्रमको रुपमा मान्यता दिइ त्यसको मुल्य र सम्मान गर्ने नीतिगत ब्यबस्था गर्नु अनिबार्य छ ।

बैदेशिक रोजगारीमा जाने नागरिकहरुले उचित श्रमको सम्मान नपाउने गरेका छन नै । त्यसमा पनि बर्षेनी कैयौ नागरिकहरु बाकसका फर्किन्ुपरेको छ । लाखौ नेपाली बिदेशमा छन त्यो देशको बिकासमा नेपाली श्रमिको पसिना बगेको छ भने किन ती देशले श्रमको मुल्यांकन उपयुक्त ढंगले गर्देैनन । श्रममा पनि महिला प्रति बिभेद गरिन्छ । नेपाल सरकारले सबद्ध देशका राजदुतहरुसंग निरन्तर सबाद पनि गर्ने गरेको छ तर ब्यबहारमा कार्यान्वयन हुने गरेको. छैन । जसका कारण नेपाली कामदारले श्रमको मुल्य पाउन सकेका छैनन श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुंवर अहिलेको बिभेद हटाउन आफुले प्रभाबकारी कदम चाल्ने र त्यसको परिणाम आउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुहुन्छ । उहांका अनुसार केही ठोस कार्य नीतिगत रुपमा नै अगाडि बढेको छ । तर त्यसको परिणाम देखिन बांकी छ ।

बैदेशिक रोजगारीबाट फर्केर आउंदा महिलाहरुले नयां सीप र अनुभबहरु लिएर आउने गरेका छन । बैदेशिक रोजगारीबाट फर्केर आउने महिलाहरुको समाज प्रतिको योगदानले उनीहरुको परिबार समुदाय र देशको सम्पुर्ण आर्थिक बिकासमा अहं भुमिका निर्बाह गर्दछ । बैदेशिक रोजगारीमा जाने महिलाहरुको सीपलाई देशको सामाजिक आर्थिक बिकाससंग जोडन बिधमान राज्यको नीति , सामाजिक ब्यबहार र मनोबृत्तिमा रुपान्तरणको आबश्यकता छ । आधा भन्दा बढी जनसंख्या ओगटेका महिलाहरुले गरेको कामले पुर्ण मान्यता नपाए सम्म र उचित मुल्यांकन नभएसम्म सम्मान भएको मान्न सकिदैन । अनेक सीप बोकेर फर्किएका महिलाका लागि राज्यले सकारात्मक नीति अबलम्बन गर्नुपर्छ ।
बैदेशिक रोजगारीमा जाने पुरुष भन्दा बढी महिलाले समस्या भोग्नुपरेको छ । पुरुष सरह महिलाले बराबरी तलब पाउने भनिएपनि ब्यबहारमा त्यो हुन सकेको छैन । एकै प्रकारको कामका लागि महिलालाई कम पारिश्रमिक दिने गरेको अबस्था छ । बिदाको दिन पनि काममा लगाउने तर ओभरटाइमको पैसा नदिने , कुनै कारणबस रोजगारी बन्द भएमा जुनसुकै गाह्रो काम गर्न नसक्दा अर्को रोजगारी पाउन गाह्रो हुने गरेको छ जसको कारण स्वदेश फिर्ता हुने स्थिति समेत आउने कैयौं उदाहरण छन । त्यतिमात्र नभएर मानसिक यातना , यौनजन्य शोषण समेत हुने गरेका छन । रोजगारदाताले राहदानी कब्जामा लिइ चाहेको बेला स्वदेश फर्किन नदिने अझ थप समस्या पारेको देखिन्छ । रोजगारीका सन्दर्भमा पुरुषले धेरै समस्या भोग्नु परेको छ तर बढी समस्यामा महिला पर्ने गरेका छन । महिला बाहिर जाने सन्दर्भमा भोग्नुपर्ने समस्या र बिभेदलाई अन्त गर्न दबाबमुलक पहल अगाडि बढाइएको छ । महिला पुनस्र्थापना केन्द्रका संस्थाक अध्यक्ष डा रेनु अधिकारीका अनुसार अब सशक्त रुपमा दबाब सिर्जना नगरिएमा महिलाले सधै समस्या झेल्नुपर्ने हुन्छ त्यसैले सरोकारवाला सबै पक्ष मिलेर सरकारलाई बिभेदपुर्ण ऐन , नियम निर्देशिका संशोधन र समानतामुखी नीति बनाउन दबाब दिने गरी लाग्नुपर्ने छ र सोही अनुसार तयारी पनि भएको छ । सबिधानले जसरी समानताको खाका कोरेको छ सोही अनुसार सरकारले ऐन नियम र नीति तय गर्नेै पर्छ । अन्यथा नागरिक आन्दोलन अगाडि बढने निश्चित छ । नागरिक आन्दोलन र दबाब चर्काउन दिने कि समयमा सरकार र सबद्ध पक्षले ध्यान दिने भन्ने कुरा सोच्नुपर्छ ।

[email protected]

प्रतिक्रिया