सङ्घीयता जोगाउनु दलहरुको दायित्व हो – राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

मनोज दाहाल २०७९ भदौ ७ गते २२:०५ मा प्रकाशित

 

मोरङ,७ भदौ (रासस): राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स‹ीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मङगलबार विराटनगरमा आयोजित …स‹ीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको विरुवामा सिंचित उदघाटन गर्दै । साथमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र सभामुख प्रदीपकुमार भण्डारी । तस्बिर ः मनोज दाहाल ÷रासस

मनोज दाहाल,

विराटनगर,७ भदौ (रासस):राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु दलहरुको दायित्व भएको बताउनु भयो ।

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रियाको उद्घाटन गर्दै सो विचार व्यक्त्त गर्नु भएको हो ।

अध्यक्ष तिमिल्सिनाले दलहरु जनताप्रति समर्पित भएमा सङ्घीयाता सवल हुनुका साथै सदृढ हुने बताउनु भयो ।

मोरङ,७ भदौ (रासस): राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र सभामुख प्रदीपकुमार भण्डारी स‹ीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मङगलबार विराटनगरमा आयोजित …स‹ीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम उदघाटनका अवसरमा सहभागी हुँदै गर्दै । तस्बिर : मनोज दाहाल ÷रासस

उहाँले सङ्घीयताको लक्ष्य मुलुकमा सुशासन कायम गरि विभेदको अन्त्य गर्नु भएको बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले मुलुकमा सङ्घीयतामा सस्थापना भएको पाँच वर्षको अवधिमा लक्ष्य तोकिएको विकास निर्माण र तीन तहका सरकारले गरेका राम्रा कामहरुको सम्वन्धमा जनतालाई जानकारी गराउनु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले सङ्घीयता साध्य हो साधन होइन भन्दै यसलाई सवलीकरण गर्न राजनीतिक दलहरुको व्यवहारमा परिवर्तन गरि जनतालाई परिवर्तनको अनुभूति गराउनु पर्नेमा जोडदिनु भयो ।

अध्यक्ष तिमिल्सिनाले राम्रो कार्य गर्न सोच भएका प्रतिनिधिहरुलाई दलहरुले निर्वाचनमा अवसर दिनु पर्ने सुझाव दिदै युवाहरुलाई स्वदेशमा रोजगारी उपलव्ध गराउन उद्योग व्यवसाय स्थापनाको बातावरण तयार गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

मोरङ,७ भदौ (रासस): राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स‹ीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मङगलबार विराटनगरमा आयोजित …स‹ीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रियाको उदघाटनका अवसरमा मन्तव्य व्यक्त्त गर्नु हुँदै । तस्बिर : मनोज दाहाल ÷रासस

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतालाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिदै यसमा रहेका कमी कमजोरीलाई सुधार गरी सुदृढ गर्दै लग्नु पर्ने बताउनु भयो ।

सङ्घीयताको स्थापनाबाट प्रदेश र स्थानीय स्थानीय तहले गरेको पूर्वाधार लगायत विकास निर्माणका कार्यको जनताले अनुभुूति गरेको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले सङ्घीयतालाई सुधारिएको विकेन्द्रीकरण जस्ता बनाउनु हुदैन भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउनु दलहरुको प्रमुख जिम्मेवारी रहेको धारणा राख्नु भयो ।

मोरङ,७ भदौ (रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई स‹ीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मङगलबार विराटनगरमा आयोजित …स‹ीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रियाको उदघाटनका अवसरमा मन्तव्य व्यक्त्त गर्दै । । तस्बिर : मनोज दाहाल ÷रासस

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सङ्घ र प्रदेश वीच साझा अधिकार सुनिश्तिाको कानून वनाउनु पर्छ भन्दै स्थानीय पालिकाले शिक्षा ,स्वास्थ्य राम्ररी सञ्चालन गर्न नसकेको गुनासो व्यक्त्त गर्नु भयो ।

समितिका संयोजक एवं कार्यक्रमका अध्यक्ष डा खिमलाल देवकोटाले सङ्घीयताको स्थापनाबाट दुर्गम क्षेत्र सहित मुलुकमा सडक, स्वास्थ्य, पूर्वाधार निर्माण, विद्यालय स्थापनाले विकास लहर आएको धारणा राख्नु भयो ।

सङ्घीयतालाई सवल बनाउन तीन तहवीच कार्यान्वयनमा आइपरेको समस्यालाई समाधान गर्न सुझाव सङ्कलन गर्नु कार्यक्रमको उद्देश्य रहेको राष्ट्रिय सभाका सदस्य विमला राई पौडेलले बताउनु भयो ।

अन्तरक्रियामा प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवले सङ्घीयताले आम नेपाली जनतालाई जोडेको धारणा राख्नु भयो ।

मोरङ,७ भदौ (रासस):स‹ीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मङगलबार विराटनगरमा आयोजित …स‹ीय शासन प्रणाली सवलीकरण’ विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उदघाटन कार्यक्रममा सहभागी हुँदै प्रदेश नं १ मन्त्रीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

कार्यक्रममा प्रदेशका मन्त्री, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख प्रदेश योजना आयोगका सदस्य, नीजि क्षेत्रका प्रतिनिधिहरुले सिंहदरवारको अधिकार घर÷घरमा पु¥याउन प्रदेशलाई अधिकार दिनु पर्ने सुझाव दिएका छन् ।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया