रोटरी क्लबको कार्यक्रममा १ सय ३९ जनाले गरे रक्तदान

इनेप्लिज २०७९ भदौ ५ गते १६:३४ मा प्रकाशित


काठमाडौ । रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले राजधानीको बसुन्धरा स्थित ग्रीनसीटी अस्पतालको प्रांगणमा बृहत रक्तदान कार्यक्रम संपन्न गरेको छ ।
सो कार्यक्रममा स्वास्थ्यकर्मी , पत्रकार , सुरक्षाकर्मी , समाजसेबी , बिभिन्न पेशा ब्यबसायमा आबद्ध १ सय ३९ जनाले रक्तदान गरेका छन । रेडक्रश सोसाइटीका अनुसार एकै कार्यक्रममा यति धेरै जनाले रक्तदान गर्नुलाई निकै सकारात्मक र सह्रानीय कार्यको रुपमा लिइएको छ ।


रक्तदान जीवनदान भन्ने कुरालाई ध्यानमा राखी क्लबले रक्तदानलाई निरन्तरता दिने लक्ष्य राखेको क्लबका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनुभएको छ । रक्तदान कार्यक्रमका संयोजक हरि ढकालले छोटो समयको तयारीमा पनि १ सय ३९ जनाले रक्तदान गरेकोमा क्लबले सबै प्रति बिशेष आभार ब्यक्त गरेको स्पष्ट पार्नुभएको छ । चक्रपथ सफाई कार्यक्रम लगत्तै रक्तदान कार्यक्रम गरिएको हुनाले पनि कार्यक्रम प्रभाबकारी भएको दाबी गरिएको छ ।


कार्यक्रममा उपस्थित सबैले रक्तदान गर्न मिलेको भए २ सय बढी हुने थियो तर स्वास्थ्यका कारण चाहना गर्दा गर्र्देै पनि धेरैले दिन नमिलेको ढकालको दाबी थियो । स्वास्थ्य शिविर , बृक्षारोपण , रक्तदान , सरसफाई लगायत अफ्टयारो परेकालाई सहयोग गर्दै आएको क्लबले सामाजिक कार्यलाई बिशेष महत्व दिने गरेको छ ।

रोटरी क्लब , लायन्स क्लबमा पैसा हुनेहरु मात्र लाग्ने गर्छन भन्ने कुरालाई चिर्दै रोटरी क्लब अफ काठमाडौ डाउनटाउन सबै पक्षलाई समेटेर जाने रणनीतिमा रहेको बताइएको छ । क्लबहरुले फेलोसिपका नाममा गर्ने खर्च भन्दा सामाजिक कार्यमा बढी लगानी गर्नुपर्छ भन्ने आबाज पनि उठने गरेको छ । सो आवाजलाई सम्मान गर्देै त्यस्तो हुन नदिन आफुहरु लागिरहेको रोटरी क्लब अफ काठमाडौ डाउनटाउनका चार्टडप्रेसिडेण्ट श्यामबहादुर पराजुलीले बताउनुभएको छ ।
क्लबले यहि भदौ ९ गते भब्य चार्टड डे कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यसका लागि तयारी अगाडि बढेको अध्यक्ष टण्डनले जानकारी गराउनुभएको छ ।

[email protected]

प्रतिक्रिया