इनास अष्ट्रिया कला र संस्कृतिको जगेर्ना गर्नु नै आफ्नो मुख्य उद्धेश्य ठान्ने एक सक्रिय संस्था हो। अष्ट्रियामा नेपालको संस्कृति झल्किने विविध अन्तर्राष्ट्रिय कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएको इनास अष्ट्रियाले सधै झैँ तर फरक शैलीमा यस पटक पनि भिएनामा आउँदो अगष्ट २० तारिख शनिवार तीज कार्यक्रमको आयोजना गर्दै छ। “माईती -चेली दर साझ” आयोजक समितिको अनुसार हरेक वर्ष केहि नया पन पस्किने क्रममा यस वर्ष भिन्दै रौनकताका साथ तीज कार्यक्रम आयोजना गरिदैछ।
आफ्नो फेसबुक पोस्ट मार्फत पठाएको निम्तोमा लेखिएको छ, ”इनास अष्ट्रियाले हरेक बर्षझैँ यस बर्ष पनि हामी नेपालीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम “माईती-चेली दर साझ” यहि आउँदो अगष्ट २० तारिख शनिबारको दिन आयोजना गरिएको सहर्ष जानकारी गर्दछौं| यहाँहरु सम्पूर्णको साथ, सहयोग र सहभागिताको आशा सहित कार्यक्रम नया ढंगले पस्किएर भरपुर मनोरंजन गराउने प्रतिबध्ता गर्दछौं”।
इनास अष्ट्रियाले आयोजना गर्ने माईती -चेली दर साझ” विशेष हुने र यो कार्यक्रममा चेली र माईती सबैले सहभागीता जनाउन पाउने हुनाले सहभागी हुन आफुहरु निकै उत्साहित रहेको र लामो समय देखि इनास अष्ट्रियाको तीज कार्यक्रमलाई कुरेर बसेको कुरा भिएनामा लामो समय देखि बसोबास गर्दै आएकी एक महिलाले बताइन। इनास अष्ट्रियाको हरेक कार्यक्रम बालक, युवा, वयस्क सबै उमेरलाई सुहाउदिलो हुने हुँदा कार्यक्रम हुने दिन कहिले आउला भनेर कुर्दै बसेको अर्की एक सहभागी हुन चाहने किशोरीले बताइन।
इनास अष्ट्रियाकीवअध्यक्ष स्याण्डी भण्डारीले भनिन ”सबै दुख भुलेर, घर र माइतिको सम्झना मेटाउन चाहने दिदीबहिनी-दाजुभाई हरुलाई र इनास अस्ट्रियाको तीज दर कार्यक्रममा सबैलाई पुरै मनोरंजन हुनेमा आफु विश्वस्त रहेको र निमन्त्रणा पठाउन कसैलाई नछुटाएको र सबैलाई स्वागत गर्न हाम्रो टिम आतुर छौ।
प्रतिक्रिया