पछाडि पर्ने तत्वहरु !

डिग बहादुर तामाङ्ग, भेडापुुु, दोलाखा २०७९ साउन २४ गते २२:४९ मा प्रकाशित

कुनै सार्वजनिक पत्रिकामा घुर्कीपुर्ण लेखहरु छपाएर, कोहि पनि व्यक्ति हिरो र नेता भएको यो पंक्तिकारले देखेको पनि छैन सुनेको पछि छैन । तर प्रजातन्त्रमा सबैलाई मूर्ख बन्ने स्वतन्त्रा भने पक्कै छ । आफनो हैसियत देखाउन सबैलाई छुट होइन र ।

नेपालको दूर्भाग्यको थालानी

नेपालको सौभाग्य हो नेपालमा बहुदलको पुन बाहालि भयो, सबैले सोचेका थिए, निर्दलिया पन्चायतभित्र खुम्चेर बसेर उकसमुकस भएका जनताहरुले प्रजातान्त्रिक व्यवस्थाको स्वाद चाख्न पाईने भो भनेर ।तर भयो उल्टो २०४७ सालको निर्वाचन पछि, नेपाली कांग्रेसले बहुमत ल्याए तर धुर्भाग्यवस कांग्रेसको संस्थापक नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईलाई षडयंत्रपूर्वक निर्वाचनमा हराइयो । गिरीजाप्रसाद प्रधान मन्त्री हूनुुभो उहाँले देशमा सुशासनको सट्टा पारिवारिकतन्त्र चलाउन थाल्नु कृष्णप्रसाद भट्टराई र गणेश मानजीलाई शत्रुलाई ब्यबहार गर्न थाल्नु । आफ्नी प्यारी छोरिलाई जर्मनी नागरिकता त्याग्न लगाएर, नेपालमा बोलाउन भो र भारतीय प्रधान मन्त्री जबहार लाल नेहरुले आफनी छोरि इन्दिरा गान्धीलाई प्रधान मन्त्रीको सारा हेर्न निजी तथा बाहिरी चाँजोपाँजो मिालउने जिम्मा दिनुभो ।

देशका उद्योगहरुलाई बेचिखाने नेताहरु
सारा नेपालीहरुले भन्ने गर्छन,यहि समयमा नेपालका सारा उद्योगहरुलाई छोरिलाई बेच्न लगाए, तत्कालिन शाहि नेपाली वायुसेवा निगमको बोइङ ७२७ लाई जर्मनीमा पुर्याउन लगाएर कौडिको भाउमा बेचेर आफनो खल्ती भरे । यहि हो नेपालको बहुदलीय व्यवस्थाको स्वाद नेताहरुले मज्जाले लिए । त्यतिले पुगेन यी नेताहरुलाई, उनिहरुले सोचे नेपालबाट धानचामाल, जुट, सिल गराएका कपडाहरु, गलैंजाहरु र घरेलु सरसामानहरु बिदेशमा निर्यात गराइन्थ्यो तर यसलाई बन्द गरेर छिमेकीहरुबाट कमिशन खाएर यी बस्तुहरुको निर्यातलाई रोक्दै रोक्दै गए, धानचामल निर्यात हुन्थ्यो तर दुखको साथ छातिमा हात राखेर भन्नु यो कामलाई वास्ता नगरि आफनो पार्टिका बहुमतको संसदलाई भङग गरेर मध्य निर्बाचन घोषण गरे । यहि समयमा अर्को स्वभिमानी नेता मनमोहनजी प्रधानमन्त्री बन्नुभो सन १९९४ अक्टुवर महिनामा तर उहाँलाई चलाउन दिनु भएन त्यसपछि शेर बहादुरजी प्रधानमन्त्ती बन्नुभो १९९५ अब खेल संसदहरुलाई किन्ने बेच्ने अर्थात हाम्रा नेता भिम बहादुर तामाङ्गले भंग “भाई होर्स ट्रेडिङ्ग भएको छ” कपोकल्पित माउको जन्म भयो फरवारी महिनाको १९९६ मा रोल्पबाट ।

दश बर्षे युद्धमा जनजातीहरुलाई मार्ने काम भयो र गृहयुद्धामा ९६ वटा बैंकहरु लुटे । यहि समयमा नेपालबाट अधिकाश युवायुवातीहरुलाई खाडिको देशमा कमारा कमारीकै रुपमा काम गर्न पठाए, गाँउघरको खेतियोग्य उर्बरा भूमिलाई त्याग्न विवश बनाए । हाल गाँउघरमा स्थानीय सरकार छन प्रदेश सरकार छन तर गाँउमा कोहिको मृत्यु भयो भने ति मृत व्यक्तिको अन्तिम संस्कार काठमाडौ हुन्छ ।

अरबौंका खाद्यान्न निर्यात गर्ने देश आज आएर चामाल आयात गर्ने भए, करौंडका निर्यात हुने खोर्सानी वेसार, जडिबुट्टीहरुको के कुरा नाथे दाँत कोट्याँउने सिन्का सम्म बनाउन नसक्ने भए हामी नेपालीहरु । अरबौंको मोबाइलफोनमा खर्च हुन्छ तर यसमा कसैको ध्यान गएन ।

देशलाई के फाईदा भयो त देशका युवाहरुलाई विदेशमा काम गर्न पठाएर, त्याँहाबाट आएको धनलाई स्वदेशमा राख्न त स्वदेशमा प्रसस्त खाद्यान्न उत्पादन गराउन सक्नु पर्यो देशमा मदिराहरुको उद्योगमा ल्याउन थाल्नु भो र महंगा खाले लुगाफाटामा वेसि कर थाप्न सके, नेपालबाट उत्पादन भएको बस्तुहरुलाई करको भार कम गरि दिनु भने केहि होला कि नत्र भने श्रीलंकाको पथमार्ग हुनै आँट्यो देश । कुनै भिजन नभएको नेताहरुबाट बिकाशको आशा गर्न भनेको भ्याकुताहरुलाई ल्याएर काठमाडौंको फोहोर उठाउन दिनु जस्तै भयो हाम्रो देशका स्थिती । धेरै बिकृतीहरु छन यसलाई केलाउन भन्दा झन थपि रहेका छन नेताहरु ।

-डिग बहादुर तामाङ्ग, भेडापुुु, दोलाखा ।

 

प्रतिक्रिया