अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

इनेप्लिज २०७९ साउन २२ गते २२:३५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल समितिमा अष्ट्रेलियाका डा. प्रकाश पौडेल मनोनित भएका छन् ।

समितिले बालसाहित्यिक सम्मेलन, बालकृति प्रकाशन र गोष्ठीहरूको आयोजना गरि बालबालिकालाई नेपाली भाषा र साहित्यप्रति चासो जगाउदै सहभागिताको लागि वातावरण बनाउने छ ।

मनोनित डा. पौडेलले बालबालिकाको लागि भाषा प्रशिक्षण दिनुका साथै साहित्यिक सिर्जना पनि गर्दै आएका छन् ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया