‘अन्तर्दृष्टि’मा लालगोपाल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ऐतिहासिक प्रकाशन ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन् । यो साहित्यिक पत्रिका हुनुका साथै समाजको गतिविधि समेटेर त्रैमासिक रूपमा प्रवासबाट निस्कने एक मात्र नियमित पत्रिका हो ।
मनोनित सुवेदीले यसअघि पनि अनेसासको सूचना मूलक प्रकाशन ‘अनेसास दर्पण’मा काम गरेको अनुभव छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा आमन्त्रित सदस्य अनेसास बोर्ड अफट्रष्टि सभापति गीता खत्री, उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया