झोले र नेता

सुरेन्द्र नापित तानसेन, पाल्पा हालः बोष्टन, अमेरिका २०७९ साउन १७ गते २१:२७ मा प्रकाशित

वर्षौंवर्ष आफ्नै आँखामा कालो पट्टि बाँधें
दुई छाक मासु भातमा म आफैलाई बेचें,
अयोग्य, भ्रष्टाचारी नेताको पछि लागें
नेपाल आमा र नेपालीलाई विश्वासघाट गरें।

उद्योग, कलकारखाना सबै बेचे
युवा युवती सबैलाई खाडी पठाए,
रेमिट्‌यान्सबाट देश चलाए
भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाए।

सक्षम, योग्य नेपालीलाई पाखा लगाए
असक्षम र अयोग्यलाई ठूलो पद दिलाए,
आफू र आफ्ना परिवारले सत्तामा राज गरे
गरीब जनतालाई हातमुख जोड्न धौधौ पारे।

सबैले पाउनुपर्ने शिक्षालाई व्यापार बनाए
आफ्ना छोराछोरीलाई पढ्न बिदेश पठाए,
गरीब जनता बिरामी हुँदा सिटामोल नपाइ छटपटाए
नेता बिरामी हुँदा बिदेश गइ देशको ढुकुटी रित्याए।

अब त म झोले हैन, देशभक्त नेपाली बन्छु
सचेत, ईमान्दार र कर्तव्यनिष्ठ नागरिक बन्छु,
अयोग्य र भ्रष्टाचारीलाई चुनाबमा हराउँछु
हाम्रा हैन राम्रा र योग्य व्यक्तिलाई जिताउँछु।

सुरेन्द्र नापित
तानसेन, पाल्पा
हालः बोष्टन, अमेरिका

प्रतिक्रिया