जिविएलओको पाँचौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

इनेप्लिज २०७९ साउन १७ गते ११:२० मा प्रकाशित

१ अगस्त, वाशिंटन डिसी

अमेरिकामा पुनर्स्थापित नेपाली मूलका भूटानी संस्था ग्लोवल भुटनिज लिटरेरी अर्गनाइजेसन अर्थात् जिविएलओको आयोजनामा ३ दिने अन्तरराष्ट्रिय सिर्जनात्मक अनुष्ठान स्पन्न गरेको छ । यो यस संस्थाले गरेको पाँचौं सम्मेलन हो । यसअघि चौथो सम्मेलन न्युलिल्याण्डमा आयोजना गरिएको थियो भने पहिलो, दोश्रो तथा तेश्रो सम्मेलन अमेरिकाका बोभिन्न राज्यमा आयोजना गरिएका थिए । यस पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा आयोजित सो सम्मेलन सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङले पानसमा वत्ती वालेर समुद्घाटन गरेका थिए ।

पहिलो दिन कार्यक्रमको उद्घाटनपूर्व शान्ति पदयात्राको आयोजना गरिएको थियो भने उद्घाटनपश्चात् विविध नेपाली साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिएका थिए । कार्यक्रममा अमेरिका तथा नेपालका राष्ट्रिय गीत समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पवन चामलिङले नेपाली भाषा र साहित्यलाई बलियो वनाएर संसार हाँक्नुपर्छ भने । त्यसै गरी डा. गोविन्दराज भट्टराई, डा. अन्जना भट्टराई, डा. मधु माधुर्य, विष्णुमाया परियार, कृष्ण धरावासी, गोविन्त गिरी प्रेरणा, डा. कविता लामा, विन्द्या सुव्वा लगायतले पत्र प्रस्तुति गर्नुका साथै विशेष सम्वोधन गरेका थिए । सम्वोधनमा सवैजसोले नेपाली भाषा साहित्यको अन्तरराष्ट्रिय जगतमा फैलाउनु पर्ने तथा जगेर्ना गर्नुपर्ने आशय थियो ।

सो अवसरमा साहित्य र वातावरणको विषयमा परिसम्वाद समेत गरिएको थियो जसमा पवन चामलिङ, ब्रायन हितान, डेन्जोम साम्पाङले भाग लिएका थिए भने संयोजन प्रदीप थापा परियारले गरेका थिए ।

पहिलो दिनको साँझ विशेष सिर्जना वाचनमा पचासौं सर्जकले आआफ्ना रचना वाचन गरेका थिए भने करिव एक दर्जन पुस्तकहरु विमोचन गरिएको थियो ।
सो कार्यक्रममा पेन्सिलभेनिया राज्यको डल्फिन काउण्टीका कमिस्नर लगायतले सम्वोधन गर्नुका साथै आयोजक संस्थालाई सम्मान प्रदान गरेका थिए । सो अवसरमा विशिष्ट साहित्यकार लीलवहादुर क्षेत्रीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । तर लील वहादुर क्षेत्रीको सो पुरस्कार पछि हस्तान्तरण गरिने वताइएको थियो ।

सो अवसरमा १८ भाषामा गाईएको गीतको श्रव्य दृष्यको पनि सार्वजनिकिकरण गरिएको थियो ।

जिविएलओका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम २ दिनसम्म सभा हलमा चलेको थियो । दोश्रो दिनको कार्यक्रममा प्रमुख अतिथि पवन चामलिङ, विशेष अतिथि डा. गोविन्दराज भट्टराई तथा विशेष अतिथिहरुलाई अभिनन्दन तथा सम्मान गरिएको थियो ।

दोश्रो दिनको साँझको साँस्कृतिक कार्यक्रममा चर्चित गायक जगदीशआ समाल तथा नेपाल आइडल विजेता किरण गजमेरको प्रस्तुति विशेष आकर्षण रहेका थिए ।

यो साहित्य सम्मेलनमा भाग लिन प्रमुख अतिथि भारतको सिक्किमबाट आएका थिए भने भारतवाटै डा. कविता लामा तथा विन्द्या सुव्वा आएका थिए । नेपालबाट डा. गोविन्दराज भट्टराई तथा डा. अन्जना भट्टराई आतोथ्यता ग्रहणका लागि पुगेका थिए । त्यसै गरी बेलायत, नर्वे, न्युजिल्याण्डबाट समेत सहभागिताका लागि अतिथिहरु पुगेका थिए ।

तेश्रो दिन भने अतिथि साहित्यकारहरुलाई “श्रष्टा भ्रमण” कार्यक्रम अन्तरगत डल्फन काउण्टीका हर्सी शहर तथा नेशनल सिभिल वार म्युजियम अवलोकन भ्रमण गराइएको थियो ।

प्रतिक्रिया