१४, साउन, काठमाडौं
कवि तथा निवन्धकार रञ्जना निरौलाको नवप्रकाशित निबन्धसंग्रह ‘अनूभुतिको अवतरण’ काठमाडौंमा एक विशेष समारेहवीचलोकार्पण भएको छ । प्रमुख अतिथि तथा अतिथीहरू डा. वासुदेव त्रिपाठी, डा. ज्ञानु पाण्डे, डा. सावित्री मल्ल कक्षपती, डा. रामप्रसादज्ञावली, स्रष्टाकी आमा यमुना निरौला, ऋषभदेव घिमिरे , प्रकाशनका तर्फवाट पुष्पराज पौडेल तथा स्रष्टाद्वारा सामुहिक लोकार्पणगरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. वासुदेव त्रिपाठी लगायत
डा. ज्ञानु पाण्डे, डा. रामप्रसाद ज्ञावली र डा. सावित्री मल्ल कक्षपतिले कृतिमाथी आआफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमकोशुरूमा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव धिमिरेले स्वागत मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा विमोचित निबन्धसंग्रहबारे बोल्दै डा. वासुदेव त्रिपाठीले भन्नुभयो, “देवकोटाले दिएको निबन्धको उचाइसम्म पुग्न कोही पनिसकेका छैनन् । ‘अनुभूतिको अवतरण’ निबन्ध जगतमा शुभसंकेत हो । प्रत्येक अनुच्छेदका अन्त्य सुक्तिमय भएर टुगिएका छन् । चालिसवर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा शुक्ति भेटिन पनि गाह्रो हुन्थ्यो यो निबन्धसंग्रह शुक्तिमय छ ।”
यसै गरी समीक्षक डा. ज्ञानु पाण्डेले दर्शन विचार र यथार्थको कलात्मक संगम निबन्धमा रहेको बताउनु भयो । वक्ता डा. रामप्रसादज्ञावलीले सौन्दर्य प्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताउनु भयो । वक्ता डा. सावित्री मल्ल कक्षपतीले निबन्धहरु यथार्थपरक रहेको कुरा व्यक्तगर्नु भएको थियो ।
साहित्यकार सुमन वर्षाद्वारा संचालित कार्यक्रम शिखाबुक्सका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो ।
प्रतिक्रिया