साउन १४ गते, काठमाण्डाैं
वरिष्ठ साहित्यकार, समालाेचक, भाषाविद तथा लघुकथनका डा. विदुर चालिसेद्वारा लिखित “लघुकथालय (चिन्तन, मनन र लेखन)-२०७९” पुस्तककाे विमाेचन गर्ने काम नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी)को अध्यक्षता र कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीज्यूकाे प्रमुख अतिथ्यतामा उहाँको हातबाट पुस्तक लोकार्पणकाे काम सम्पन्न भयाे ।
विद्युतीय माध्यमबाट संचालित साे कार्यक्रम, डा. चालिसेद्वारा लिखित उक्त पुस्तककाे विमाेचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. कपिल लामिछाने, वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसे, साहित्यकार डा. दीनबन्धु शर्मा, साहित्यकार डा. शंकरप्रसाद गैरे, साहित्यकार प्रा. पुष्कर लाेहनी, वरिष्ठ नियात्राकार कृष्ण बजगाईं र कृतिकार डा. विदुर चालिसेकाे विशिष्ट अतिथिकाे रूपमा उपस्थिति रहेकाे थियाे । यसै गरी कृतिमाथि गहन समालाेचना गर्नु हुनेमा वरिष्ठ समालाेचक प्रा. डा. कुमार काेइराला, लाेक साहित्यका वरिष्ठ खाेजकर्ता प्रा. डा. रिन्कू बडेरा(भारत), वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकारल एवम् चिन्तक प्रा. कपिल अज्ञात हुनुहुन्थ्याे । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायत सबै वक्ताहरूले “लघुकथालय (लघुकथा चिन्तन, मनन र लेखन)” लघुकथाकाे सिध्दान्त र सिर्जनाकाे एक नयाँ प्रयाेगात्मक मानक पुस्तककाे रूपमा आएकाे कुरा अनेक काेणबाट समीक्षा गर्दै आ-आफ्नाे धारणा राख्नुभयाे । यस्तै अतिथिहरूमा साहित्यकार शेखर अर्याल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, कमल पाैडेल, म्यामराज राई, गणेश नेपाली, पत्रकारहरू कृष्ण ढुङ्गेल, तुलमान गुरूंग, अनिल आचार्य, अनिष पाठक, दिपक बाेहरा, चन्दा थापाकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा धन्यवाद ज्ञापन साहित्यकार रन्जुश्री पराजुली र उद्घाेघषणकाे काम प्रतीक्षा पाैडेलले गर्नु भएकाे थियाे ।
प्रतिक्रिया