ऋषि बस्ताकोटीको “विसंगत बस्ती”भित्र पसेर हेर्दा

डा चन्द्र गिरी २०७९ साउन १३ गते १:२२ मा प्रकाशित

नर्थ क्यारोलाइनाबाट नेपाल जानु एक दिन अगाडि मुक्तककार ऋषि बस्ताकोटीको भरखरै प्रकाशित पुस्तक “ विसङ्गत बस्ती” हात लाग्यो । हत्तर पत्तर ह्यान्डब्यागमा हालेँ, बिर्शिन्छुकि भनेर । सन फ्रान्सिस्को देखि सिंगापुरको सोह्र घन्टाको उडानको मध्यतिर पढ्न थालेँ । त्यसो त डा बस्ताकोटीले पुस्तक दिएकै दिन पनि एकपटक सरसर्ती हेरेको थिएँ। अझ गहिरिएर पढ्ने मौका मिल्यो।

कभर पेज आकर्षक रहेछ र यो पुस्तकमा १२५ वटा माझिएका मुक्तकहरु समाबेश रहेछन । पुस्तकमा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र विवश पोखरेलक़ा भूमिका रहेका छन।यी भूमिका पढेपछि बस्ताकोटीको समग्र साहित्यिक व्यक्तित्व र उनको मुक्तककारिता बुझन सहज हुंछ।

भावना सबैलाई आउँछ।तर कसै कसैले मात्र त्यो भावनालाई कागजमा उतार्न सक्छन । डा बस्ताकोटीले मन भित्रका तिनै भावनाहरुलाई शब्दहरुले बुनेर बडो मिठासपूर्ण ढङ्गले प्रस्तुत गर्नुभएको रहेछ । एक पल्ट पढेर नपुग्ने तर दोहोर्याएर तेह =र्याएर अनि पटक पटक पढ्न मन लाग्ने खालका रहेछन ।

मुक्तकहरुमा देशको राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक स्थिति परिस्थितिको चित्रण गरिएको छ । व्यक्तिगत र पारिवारिक उतार चढाबको बर्णन गरिएको छ । विसंगतिप्रति व्यंग्य गरिएको छ। मानवीय भावनाक़ो पक्षपोषण गरिएको छ।

मुक्तकहरूमा कहिले नबराज बिकहरु पाईनछन भने कहिले चुच्चो नक्साहरु । पुस्तकभित्र कतै पर्यावरणका कुरा छन त कतै आमाबाप्रति समर्पण छन। कुनै मुक्तकले प्रवासको पीड़ा बोल्छन भने कुनै मुक्तकले निष्ठा हराएक़ो र बेथिति प्रति आक्रोस ओकलछन।त्यस अर्थमा यो मुक्तक सँगालोमा इतिहास लुकेको छ ।विषयमा विविधता छ।

अन्तमा यो पुस्तकको सफलताको कामना गर्दछु साथसाथै भबिस्यमा लेखकबाट अरु धेरै कृतिहरुको आशा गर्दछु ।

गिरीगाउँ, आयाबारी, झापा, नेपाल

प्रतिक्रिया