दुई सर्जकलाई पुरस्कार

इनेप्लिज २०७९ साउन ९ गते २१:३५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समजले हालै घोषणा गरेर प्रदान गर्न बाँकी रहेको दुई पुरस्कार आइतवार समर्पण गरिएको छ ।

अमेरिकाको भर्जिनियाको मनाससमा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निवन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” प्रदान गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई पुरस्कृत गरिएको हो । यसैगरी ‘अनेसास दिल-लीला बस्नेत सर्वोत्कृष्ठ डायस्पोरा पुस्तक पुरस्कार” “लेखककी छोरी” कृतिका लागि जे एन दाहाललाई समर्पण गरिएको छ ।

जीवन बिज्ञान अमेरिकाको चक्र बिज्ञान सप्ताहको सुन्दर कार्यक्रमको समापन समारोहको समयमा जीवन विज्ञानका गुरुहरु श्रद्धेय गुरु एपी भानु शर्माज्यू र रमेश नेपालज्यूले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । उक्त अवसरमा पुरस्कार समितिका संयोजक डा. गोपी उप्रेतीले यसपटक अनेसासका धेरै पुरस्कारहरू नेपालबाट नै समर्पण गरिसकिएको प्रसंग उल्लेखगर्दै मन्तब्य राख्नु भएको थियो । अनेसास ट्रष्टीका सचिव शिव लामिछानेले संचालन गर्नु भएको उक्त कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिको नव निर्वाचित महासचिव विमला निरौला ट्रष्टी उपाध्यक्ष पुरु सुवेदी र अनेसास उल्लेख्य आजीवन सदस्य र ट्रष्टी सदस्यज्यूको सहभागिता रहेको थियो । यस अवसर र स्थान उपलब्ध गराउने चक्र बिज्ञान कार्यक्रमलाई हार्दिक धन्यवादको हकदार छ भने पुरस्कृत द्वयलाई हार्दिक बधाई !

प्रतिक्रिया