खाद्यान्न निर्यात सम्झौता भएको एक दिनपछि रुसले युक्रेनको ओडेसामा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०७९ साउन ८ गते ०:१३ मा प्रकाशित

खाद्यान्न निर्यात सम्झौता भएको एक दिनपछि रुसले युक्रेनको ओडेसामा क्षेप्यास्त्र प्रहार गरेको छ । युक्रेन र रुसले यस क्षेत्रबाट अत्यावश्यक खाद्यान्न निर्यात पुन: सुरु गर्न अनुमति दिने सम्झौतामा सहमत भएको एक दिन पछि रुसको दक्षिणी युक्रेनी बन्दरगाह ओडेसामा क्षेप्यास्त्र आक्रमण गरेको हो ।

ओडेसा सैन्य प्रशासनका प्रवक्ता सेर्ही ब्राचुकले दुईवटा क्षेप्यास्त्र बन्दरगाहको पूर्वाधारमा प्रहार भएको र दुई वटा युक्रेनको वायु रक्षाले खसालेको बताए।

युक्रेनी संसदका सदस्य ओलेक्सी गोन्चारेन्कोका अनुसार ओडेसामा कम्तिमा छ वटा विस्फोटको आवाज सुनिएको थियो ।

युक्रेन र रुस दुवैका मन्त्रीहरूले इस्तानबुलमा संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा युक्रेनी कालो सागर (ब्ल्याक सी )बन्दरगाहहरूबाट खाधन्य निर्यात गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको एक दिन पछि यो आएको हो जुन युद्धले उत्पन्न भएको विश्वव्यापी खाद्य संकटलाई कम गर्नको लागि हो।

“इस्तानबुल सम्झौतामा हस्ताक्षर भएको एक दिन पछि खाधन्यको लागि महत्त्वपूर्ण लक्ष्यलाई प्रहार गर्नु निन्दनीय छ र फेरि अन्तर्राष्ट्रिय कानून र प्रतिबद्धताहरूको लागि रूसको पूर्ण अपहेलना देखाउँछ,” युरोपेली संघका उच्च अधिकारी जोसेप बोरेलले शनिबार ट्विटरमा लेखेका छन् ।

“रुसले खाधन्य निर्यातमा केही सम्झौता गर्न सहमत भयो, तर तुरुन्तै यसले आक्रमण गर्यो । उनीहरूले विश्वको खाद्य सुरक्षालाई निरन्तरता दिन चाहन्छन्।” युक्रेनी संसदका सदस्य ओलेक्सी गोन्चारेन्कोले शनिबार सिएनएनसँगको अन्तर्वार्तामा भने।

ओडेसा क्षेत्रीय सैन्य प्रशासनका प्रवक्ता सेर्ही ब्राचुकले क्षेप्यास्त्रबाट कुनै हताहत नभएको र भण्डारण गरिएको अन्नमा कुनै क्षति नभएको बताए । उनले युद्धपोतबाट आक्रमण गरिएको पनि बताए ।

प्रतिक्रिया