युक्रेन र रुसले अन्न सम्झौतामा हस्ताक्षर गर्ने: टर्की

इनेप्लिज २०७९ साउन ६ गते १:५७ मा प्रकाशित

युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार युक्रेनको ब्ल्याक सी (कालो सागर )अन्नको निर्यात पुनः सुरु गर्ने सम्झौतामा हस्ताक्षर गर्ने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको कार्यालयले जनाएको छ।

रुस र युक्रेन दुवै प्रमुख विश्वव्यापी गहुँ आपूर्तिकर्ता हुन्, तर मस्कोको फेब्रुअरी २४ मा आफ्नो छिमेकी माथिको आक्रमणले खाद्यान्नको मूल्य बढेको छ र अन्तर्राष्ट्रिय खाद्य संकट निम्त्याएको छ।

युद्धले युक्रेनको राजधानी कीभको निर्यात ठप्प पारेको छ, दर्जनौं जहाजहरू फसेका छन् र ओडेसा बन्दरगाहको साइलोजमा करिब २० मिलियन टन अन्न अड्किएको छ।

अंकाराका अनुसार गत हप्ता इस्तानबुलमा वार्ताको क्रममा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सहमति भएको थियो भनि एलजजिराले लेखेको छ ।

सम्झौताको विवरण तत्काल थाहा हुन सकेको छैन भने सम्झौता शुक्रबार १३:३० जिएमटी समय अनुसार डोल्माबाहसे दरवारको कार्यालयमा हस्ताक्षर हुने एर्दोगानको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया