रचनाको चटपटे पसलमा प्रेमको भटभटे

इनेप्लिज २०७९ साउन ५ गते २:४२ मा प्रकाशित

चटपटेवालीको उपनाम लिएर साँगितिक यात्रामा निस्किएकी रचना रिमालले चटपटेको गित गाएर आफ्नो पृष्ठभूमितर्फ फर्किने प्रयास गरेकी छिन । यता चटपटेको गित दिएर प्रेमप्रसाद राजभण्डारीले रचनालाई वालापनको याद दिलाएका छन ।

साँगितिक आकाशमा निक्कै जगमगाएकी रचनाको झापामा चटपटे पसल छ । पहिले त्यहाँ उनी आफैैं बसेर चटपटे बेच्ने गर्दथिन । यसलाई गित बनाएर प्रेमप्रसादले उनै रचनाको सुरिलो स्वरबाट श्रोताहरुका अगाडि पस्किदिए ।

गित कर्णप्रिय छ । गितमा रचना र मोहित श्रेष्ठले स्वराँकन गरेका छन । निकै रमाइला र मीठा गित गाएर ख्याती कमाएकी रचना रिमाल,जस्तासुकै लयका गितमा नाचेर आफ्नो क्षमता देखाइसकेकी नृत्य कलाकार अंजली अधिकारी र फुलन्देको आमा उपनामले चिनिने प्रहसनका हिरो उमेश राईको अभिनयसहितको नृत्य रहेको छ ।

“ म बनाउछु स्वादिलो चटपटे” बोलको गितले श्रोता तथा दर्शकको ध्यान सजिलै तानेको छ । खुला चौरमा गुम्तिमा चटपटे बेचिरहेकी अंजलीसँग मोटरसाइकलमा ग्राहक बनेर पसलमा आएका उमेशले गितसँगै चटपटे खाने दृष्यले सबैको मनमा चटपटेवालीलाई राख्न सकेको देखिन्छ ।

गितकार राजभण्डारी दांग निवासी हुन । हाल उनी अमेरिकाको भर्जिनियामा बस्छन । उनले यस अघि पनि गिति एल्बम बजारमा ल्याइसकेका छन । उनका गितमा अरु पनि धेरै चर्चित गायक गायिकाहरुले स्वर दिइसकेका छन । उनका गितमा स्वर दिन कलाकारहरु एक प्रकारले उत्साहित देखिन्छन । सायद उनका गितमा विशेष मिठास हुने भएर होला ।

चटपटे–भटभटे गित गोल्डेन क्रियसन प्रालिले बजारमा ल्याएको हो । म्युजिक भिडियो स्मृति तिमिल्सीना“गुरु आमा”ले निर्देशन गरेकी हुन । गितकार राजभण्डारीका यस अघि बजारमा आएका फूल झैं जीवन र फूलको थुँगा गिती एल्बमहरु निकै चर्चामा थिए । यस पटकको योे एलबमले त साँगितिक बजारलाई निक्कै छिटो पकडमा लिने देखिएको छ । यस एलबमको छायाँकन र सम्पादन क्रमशः सुरेश श्रेष्ठ र प्रकाश धमला भान्जाले गर्नु भएको छ ।

प्रतिक्रिया