पुस्तक चर्चा -खुसीको फड्को

इनेप्लिज २०७९ साउन १ गते १८:३९ मा प्रकाशित

भानु जयन्तिको अवसर पारेर भानुलाई स्मरण गर्दै अनेसास केन्द्रिय सदस्य सरिता अर्यालको खुसीको फट्को कथा संग्रहमाथी भर्जिंनियाको फेयरफयाक्समा चर्चा कार्यक्रम सम्पन्न भयो ।

नेपालबाट अमेरिका आउंदै गर्दा आकाशमा उड्दै गरेको जहाजको जेष्ठ नागरिकको हातबाट आकाशमा नै विमोचन गरिएको खुसीको फड्को लेखिका खुसीसंगै अमेरिकाका बिभिन्न राज्यहरुमा फड्को मारिरहेको छ।

 

रेवा अर्गनाइजेसनको आयोजनामा भएको आजको यस कार्यक्रममा प्रमुखवक्ता बरिष्ठ साहित्यकार कृष्ण धरावासीले उक्त पुस्तक माथि बिभिन्न पक्ष, पुस्तक भित्रका कथाका सन्दर्भ र बिषयको चर्चा गर्दै संग्रहित कथाहरुले समाजका समसामयिक घटनाहरु र समाजमा रहेका रिती तथा कुरीतिहरु अनि परिवर्तित समाजमा देखिन थालेका बिकृतिको बारेमा उल्लेख गर्नु भयो र यस्ता कथाहरुका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न सहयोग मिल्ने कुरा बताउनु भयो ।

यसैगरी पूस्तक लेखिका सरिता अर्यालले आफ्नो खुसीको फड्को र यसको नमकरंको सन्दर्भ जोड्दै यसमा संकलित कथाहरु कतै न कतै भए देखे वा सुनेका घटनाहरुसंग सम्बन्धित रहेको कुरा उल्लेख गर्नु भयो । साथै पाठकहरुलाई यसमा भएका सम्पादकीय त्रुटी लगायत सबै पक्षहरुको बारेमा सुझाबका लागि अनुरोध गर्नुभयो ।

अनेसास केन्द्रिय महासचिव विमला निरौलाले उक्त पुस्तक पढ्दा नारी समवेदना छचल्किने, समाजको दर्पण लास्तो लाग्ने साथै कथाहरु यथार्थमा आधारित रहेकोले वर्तमान समाजको ज्वलन्त उदाहरण जस्ता लाग्ने उत्तम सिर्जाना भन्दै लेखकलाई बधाई तथा शुभकामान दिनु भयो ।

उक्त अवसरमा अनेसास केन्द्रिय सदस्य सुदीपभद्र खनाल र अमेरिका नेपाली समाजका अध्यक्ष सुजित अर्याल र कार्यक्रम आयोजकको तर्फबाट मोहन निरौलाले शुभकामना सहित धन्यवाद मन्तब्य दिनु भएको थियो ।

कार्यक्रममा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष पुस्कर पन्त (अध्यक्ष-निर्वाचित), अनेसास डिसी च्याप्टर सदस्य गोमा न्यौपाने, साहित्यकार मंजु बिमली, मोहन घिमोरे, कृष्ण खतिवडा, मंजु पोखरेल, अनेसास आजीवन सदस्य राम न्यौपाने (डिसी च्याप्टर सदस्य-निर्वाचित)को उपस्थित रहेको थियो।

साहित्यकार पुष्पा खनालले संचालन गर्नुभएको थियो । इनेप्लिजले प्रत्यक्ष प्रचारण गरेको उक्त कार्यक्रम लगभग २ घण्टा चलेको थियो ।

खुसीको फट्को कथा संग्रहको जन्मदाता सरिता अर्याललाई हार्दिक बधाई !

प्रतिक्रिया