विराटनगरमा भानुजयन्ती

इनेप्लिज २०७९ असार २९ गते ९:५९ मा प्रकाशित

विराटनगर,२९ असार ।आदि कवि भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो ।

भानु कला केन्द्र विराटनगरले आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको उपलक्ष्यमा केन्द्रको भवन विराटनगर–१०मा एक सभाको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा केन्द्रका अध्यक्ष मायादेवी पौडेल, साहित्यकारहरु दधिराज सुवेदी, देवीपन्थी प्रचण्ड पौडेल, डा घनश्याम न्यौपाने परिश्रमि, मिलनसिंह मधुर र मीनकुमार नवोदितले आदिकवि आचार्यको कारण नेपाली भाषाले सम्पूर्ण नेपालीहरुलाई एकसुत्रमा वाँधुका साथै अनेकतामा एकता भएको विचार राख्नु भयो ।

यसै उपलक्ष्यमा केन्द्रको भवनवाट आदिकविको फोटो सहित निस्केको प्रभातफेरीले नगरको मुख्य मुख्य भागको परिक्रमा गरेको छ।

प्रभातफेरीमा कवि एवं साहित्यकार, कलाकार, कर्मचारी, प्रहरी , विद्यार्थी र सञ्चारकर्मी एवं सर्वसाधारण नागरिकहरुको सहभागिता रहेको थियो ।

यसअघि केन्द्रले मङ्गलबार भानु पदकवाट डा घनश्याम न्यौपाने परिश्रमि , डा विजय पण्डित र सरला चापागाई ,भानु पत्रकारिताबाट मोहन मानन्धर, चतुर्भुज आशावादी सम्मानवाट मातृका प्रसाद संग्रौला, मिलनसिंह मधुर र रामकिशोर उपाध्यायलाई सम्मान गर्नुका साथै वहुभाषिक कवि गोष्ठीमा विभिन्न भाषामा कविता, गजल र गीत वाचन गर्नुका साथै केन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया