वसन्त श्रेष्ठको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ विमोचन

इनेप्लिज २०७९ असार २८ गते १०:०९ मा प्रकाशित

हिजो साँझ काठमाडौँको कालिमाटीमा एपेक नेपालद्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बसन्त श्रेष्ठको आफ्ना स्वर्गीय पिता नारायणमान श्रेष्ठको सम्झना तथा सम्मानमा तयार पारिएको किताब “नारायणमान श्रेष्ठ इतिवृत्त”को लोकार्पण गर्नुभयो ।

कार्यक्रममा एपेक नेपालका कार्यक्रम निर्देशक राजेन्द्र शलभले स्वागत मन्तव्य राख्नुभएको थियो।

तेह्रथुम नै जन्मस्थान भएका वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीले नारायणमान श्रेष्ठले आफूलाई पाठशालामा पढाएको स्मरण गर्दै तेह्रथुम बजारमा विकाश तथा शिक्षाको जग बसाउन नारायणमान श्रेष्ठ स्वयं तथा श्रेष्ठका पिता लोकमान श्रेष्ठको विशेष योगदान रहेको चर्चा गर्नुभयो । उहाँहरूले तेह्रथुममा सद्भावको संस्कृति स्थापना गरेको पनि बताउनु भयो ।

नारायणमान श्रेष्ठका पारिवारिक जमघट समेत रहेको उक्त कार्यक्रममा स्रष्टा सर्जकहरू ➽ चन्द्रबहादुर कार्की, माया ठकुरी, मञ्जुल, भागिरथी श्रेष्ठ, लव गाउँले, प्रमोद प्रधान, किशोर पहाडी, विजय सुब्बा, प्रल्हाद पोखरेल, स्नेह सायमी, निशा के.सी., प्रभा बराल, विमला अधिकारी देवकोटा, कमला रानी, सरू श्रेष्ठ, मुकेश मल्ल, मणिराज सिँह, विनोद नेपाल, राजेश खनाल, जयदेव भट्टराई, त्रिभुवनचन्द्र वाग्ले, पद्मावती सिंह, रामप्रसाद पन्त, कोषराज न्यौपाने, शङ्कर भारती, प्रद्युम्न जोशी, गोकुल अधिकारी, केदार न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, विक्रमभक्त जोशी, जय छाङ्छा, ललिता मल्ल, प्रज्ज्वल अधिकारी, रीता खत्री लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कुरा साहित्यकार लव गाउँलेको फेसबुकबाट जानकारी प्राप्त हुन आएको छ।

कार्यक्रम कवि मणि लोहनीले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्षसमेत रहेका कवि विश्वविमोहन श्रेष्ठद्वारा गरिएको थियो । कार्यक्रममा कृतिका लेखक बसन्त श्रेष्ठले आफ्नो कृति बारे बोल्नु भएको थियो।

प्रतिक्रिया