ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिको आयोजनामा “दोश्रो सामूहिक इहि पुजा कार्यक्रम” हालै ब्राम्प्टन स्थित पशुपतिनाथ नेपाली मन्दिरमा सम्पन्न गरेको छ । कार्यक्रममा इहि गर्ने कन्याहरु, अभिभाबक तथा अतिथिहरुलाईस्वागत गर्नु हुदै गुठिका महासचिब बिमल श्रेष्ठले गुठिको पहिलो इहि पुजा कार्यक्रम सन २०२० मार्चमा सम्पन्न गरेको र दोश्रो पुजा सबैको सहयोगमा आज आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो ।
इहि संस्कारको बिधि शुरु गर्नु हुन्दै मूल गुरुजु प्रा. डा. नरेश मान बज्राचार्यले इहिको खास अर्थ छोरीहरुलाई ज्ञान, दिब्यबस्त्र प्रदान, शृंगार ईत्यादि जानकारी गराउने शुभ समय हो भन्नु भयो । फल मध्य उत्कृस्ट फल बेल जस्तै छोरी पनि त्यस्तै होस भनि प्रतिकको रुपमा बेल प्रयोग गरिएको बताउनु हुदै अभिभाबकहरुले आफ्नो छोरी सर्ब गुण सम्पन्न गराउने उदेश्यले संकल्प गर्ने प्रचलन हो भन्नु भयो । “ब्यक्तिको सर्बतोमुखि बिकासको लागि ज्ञान र प्रज्ञाको संयुक्तता अत्याबश्यक रहेको र यसले जीबन सफल र सार्थक हुन्छ” उहाँले थप्नु भयो। नेवाः परिकार अनुसार खुवाउने ” थायभु” को महत्व बारे प्रकाश पार्नु हुदै यसमा राखिने बिभिन्न परिकारहरु संतुलित भोजनको प्रतिक भएको बताउनु हुदै इहि कन्याहरुले यी सबै कुरा नबुझेको अबस्थामा अभिभाबकहरुले पछि यथोचित समयमा बुझाउन पनि अनुरोध गर्नु भयो ।
इहि सस्कार पछिको कार्यक्रममा बोल्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले गुठिका बिभिन्न कृयाकलाप मध्य सेवा, संस्कृति र परम्परा संरक्षण गरि समुदायको आबश्यकतालाई सम्बोधन गर्ने क्रममा दोश्रो पटक सामूहिक इहि पुजा आयोजना गरेको बताउनु भयो। “नेवाः संस्कारहरु सबै बिज्ञान सम्मत रहेको तर यस्को ब्याख्या नगरिएकोले संस्कारहरु लोप हुदै जाने अबस्था छ” उहांले थप्नु भयो। समुदायको सेवानै सर्बोपरि सेवा भएको र सेवा गर्दा पाइने आनन्द पैसाले कहिले पनि किन्न नसकिने बताउनु हुदै गुठिका यी सर्बोपरि कार्यलाई मुर्त रुप दिन सहयोग गर्नु हुने श्रदेय प्रा. डा. नरेश मान बज्राचार्य प्रति आभार ब्यक्त गर्नु भयो ।
सो कार्यक्रममा इहि पुजाका सहभागि कन्याहरुलाई मूल गुरुजु प्रा. डा. नरेश मान बज्राचार्यले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । गुठिका बिभिन्न कार्यक्रममा सहयोग गर्नुको साथै बौद्ध शिक्षा र नेवाः संस्कृतिलाई बिस्वमा प्रचार प्रसार गर्न गर्नु भएको प्रयासको उछ कदर गर्दै प्रा. डा. नरेश मान बज्राचार्यलाई उपाध्यक्ष उत्तम माकजुले दोसल्ला ओढाई र महासचिब बिमल श्रेष्ठले आदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
गुठिका महिला समूहका संयोजक रंजना सैन्जुले समूहले आगामि अगस्ट महिनामा ” नेवाः भ्वय्” बारे जानकारी दिनु भयो भने गुरुमा सबिना शाक्यले आफ्नो संस्कृतिको संरक्षणमा अलिकति भएपनि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो। सोहि कार्यक्रममा इहि कन्या मतिल्डा महर्जनले गुथि द्वारा आयोजना गरिएको इहि पुजा कार्यक्रममा आफू पनि प्रत्यक्ष सहभागि भै नेवा संस्कृति बारे जान्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा गुठिका सचिब सुमन राजबंशीले इहि पुजा कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो भने उत्तम माकजुले अतिथिहरुलाई भक्ति संगीत द्वारा मनोरन्जन गराउनु भएको थियो ।
सो इहि पुजा कार्यक्रममा क्यानडाको हालिफाक्स, ओटावा, किचनर, टोरोन्टो, ब्राम्प्टन लागायतका स्थानहरु बाट गरि १० कन्याहरु अराया डंगोल प्रजापति, अनाहिता अमात्य, ईताः महर्जन, आर्ना प्रधानाङ्ग, प्रनिका जिया श्रेष्ठ, प्रिबिसा अवाल, मतिल्डा महर्जन, मनसा महर्जन, लेनोर श्रेष्ठ, रेभा प्रधानको सहभागिता थियो ।
प्रतिक्रिया