दुबईबाट अष्ट्रेलिया उडेको एउटा हवाईजहाजमा प्वाल पर्दा पनि १४ घण्टा सम्म आकाशमा ,ठूलो दुर्घटना हुनबाट जोगियो

इनेप्लिज २०७९ असार २२ गते १८:२८ मा प्रकाशित

दुबईबाट अष्ट्रेलिया उडेको एउटा हवाईजहाजमा प्वाल पर्दा पनि १४ घण्टा सम्म आकाशमा उडे पछि सकुसल अवतरण गर्न सफल भएको छ । यस्तो घटना दुर्लभ हुँदा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

अष्ट्रेलियाको ब्रिस्बेनका लागि एमिरेट्सको उडानमा यात्रा गरिरहेका यात्रुहरू उत्रे पछि उनीहरूले विमानको छेउमा ठूलो प्वाल देखे पछि स्तब्ध भएका थिए ।

दुबईबाट अष्ट्रेलियाको शहरका लागि ए३८० मा सवारहरूलाई गत जुलाई १ मा लगभग १४ घण्टाको उडान पछि विमानबाट बाहिर निस्कँदा क्षतिको बारेमा थाहा भयो।

सामाजिक संजालमा साझा गरिएका विमानका तस्बिरहरूले यात्राको क्रममा “प्राविधिक गडबडी” को कारणले गर्दा पांग्रा फुटेका कारण प्वाल भएको हवाईप्रतिष्ठान (एयरलाइन्स)ले जनाएको छ।

जहाजमा सवार यात्रुहरू मध्ये एकले “समुन्द्री यात्राको समयमा” भएको “डरलाग्दो” घटना भनि वर्णन ट्विटरमा गरेका छन । सुरुमा एकदम डरलाग्दो भएको थियो र चालक दललाई केहि गम्भीर हुन सक्छ भन्ने थाहा थियो ।

तुरुन्तै उनले विमानचालक बस्ने स्थान (ककपिट)संग सम्पर्क गरे भनि बेलायतको लफबरो विश्वविद्यालयका अंग्रेजी प्राध्यापक एन्ड्र्यू मोरिसले लेखे भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया