अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु

इनेप्लिज २०७९ असार २२ गते ११:२२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय ५५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३२७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई ६ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा ४ % वृद्धि भएको छ भने अहिले सम्म कूल ८ करोड ७८ लाख ६१ हजार ५ सय संक्रमित भएका छन् । हाल अस्पतालमा ३३ हजार ४ सय ८५ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १० % वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ७ सय ४७ जना भर्ना भएका छन् भने ९ % भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख १५ हजार ४ सय ८८ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २२ लाख ७१ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.८ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.५ % पूर्ण खोप लगाई सकेका छन् ।

यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ६२ लाख ७५ हजारले लिई सकेका छन् ।

सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ९९ लाख ५७ हजार पुगेको छ ।

प्रतिक्रिया