माउण्ट एभरेष्ट टिभीको तेस्रो बार्षिकोत्सब सम्पन्न: संचारकर्मी गोकुल लामिछानेलाई “एभरेष्ट बासु स्मृती पत्रकारीता पुरस्कार” !

मदन बस्नेत, क्यानाडा। २०७९ असार २० गते २:०३ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। क्यानेडेली नेपाली समाजमा नेपालीद्वारा स्थापित र संचालित “माउण्ट एभरेष्ट टेलिभिजन” ले जुलाई १ “क्यानाडा डे” का दिन आफ्नो स्थापनाको तेस्रो बार्षिकोत्सब एउटा भब्य सांस्कृतिक कार्यक्रमका बीच भब्यताकासाथ सम्पन्न गरेको छ।

साथै उक्त दिन “रेडियो माउण्ट ए

भरेष्ट” को उद्घाटन एवं औपचारिक रुपमा शुभारम्भ पनि गरेको छ।

समारोहमा क्यानडाखबरका प्रधान सम्पादक संचारकर्मी गोकुल लामिछानेलाई “एभरेष्ट बासु स्‍मृति पत्रकारिता पुरस्कार २०२२” प्रदान गरिएको थियो।

क्यानाडामा रहेर “क्यानाडा खबर” नामक संचार गृहको प्रधान सम्पादकको रुपमा कार्यरत लामीछाने लामो समय देखी क्यानाडामा संचार क्षेत्रमा कृयाशिल हुनुहुन्छ। लामीछाने यस अघि पनि बिभिन्न सामाजिक सेवा पुरस्कारबाट सम्मानित भईसक्नु भएको छ।

समाजसेवी, एनआरएनए अभियान्ता तथा हेल्प डेस्क, क्यानाडाका कोर्डिनेटर स्वर्गिय बासु लम्सालको सम्झनामा उक्त पुरस्कार प्रदान गरिएको हो।

मिसीसागास्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजित सो कार्यक्रमको बिशेष आकर्षण नेपाली लोक संगितका धरोहर चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहेको थियो। लोक गायिका देवीका केसी र रिता बुर्लाकोटी लगायत अन्य स्थानीय कलाकारहरुले पनि कार्यक्रममा आ-आफ्नो प्रस्तुति दिएका थिए।

संस्थाका अध्यक्ष पुर्ण कडेंलको अध्यक्षता र लायन्स गर्भनर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्यानाडाको संघीय सरकार र प्रान्तीय सरकारमा मन्त्री, सांसद र जिटिए आसपासमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, विभिन्न पेशा र ब्यवसाय गर्दै आएका नेपालीहरु, समाजसेवी, कलाकार, पत्रकार लगायत धेरै जनाको उल्लेख्य सहभागिता रहेको थियो।

माउण्ट एभरेस्ट टेलिभिजनको तेस्रो बार्षिकोत्सब तथा माउन्ट एभरेस्ट रेडियोको शुभारम्भको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि क्यानाडाका राजदूत भृगु ढुंगानाले पनि शुभकामना वक्तव्य पठाउनु भएको थियो।

संथाको तेस्रो बार्षिक उत्सबलाई भब्यताकासाथ सप्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण शुभचिन्तकहरुलाई माउण्ट एभरेष्ट टेलिभिजनका प्रबन्ध निर्देशक वसन्त कार्कीले बिशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

– मदन बस्नेत, क्यानाडा।

 

प्रतिक्रिया