नर्वेले युक्रेनका बहादुर जनतालाई सहयोग गर्न १ अर्ब युरो दिने वाचा
नर्वेले युक्रेनका “बहादुर मानिसहरू” लाई सहयोग गर्न एक अर्ब युरो कोष दिने वाचा गरेको प्रधानमन्त्री जोनास गाहर स्टोरले शुक्रबार कीभको यात्रामा घोषणा गरे।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई सम्बोधन गर्दै स्टोरले भने “युक्रेनका जनतासँग नर्वेको ऐक्यबद्धता व्यक्त गर्न युक्रेन आउनु परेको हो ।”
“पाँच महिनाको भयावह युद्ध पछि नर्वेले युक्रेनका जनतासँग ऐक्यबद्धता व्यक्त गर्नेछ भनी बताउन म आज कीभ आएको हुँ। र ,हामी २०२२ को बाँकी भाग र २०२३ का लागि तपाईको देश र तपाईका जनतालाई एक अर्ब युरो सहयोग गर्ने वाचा गर्नेछौं। ” प्रधानमन्त्रीले भने।
कोष मानवीय सहायता प्रदान गर्न र युक्रेनको रक्षा र पुनर्निर्माण प्रयासहरूलाई समर्थन गर्न प्रयोग गरिने उनले जनाए ।
जेलेन्स्कीले समकक्षलाई धन्यवाद दिँदै युक्रेनको “वास्तविक साथीहरू” भएकोमा प्रशंसा गर्छ भने ।
जेलेन्स्कीले नर्वेलाई “अन्तर्राष्ट्रिय समुदायको लगनशील र तर्कसंगत सदस्य” भनेका छन ।
युक्रेनी नेताले ओडेसाको बन्दरगाह शहरमा गत शुक्रबार बिहानको समयमा गरिएको रूसी क्षेप्यास्त्र आक्रमणलाई पनि प्रतिक्रिया दिए र यसलाई “हाम्रा शहरहरू विरुद्धको आतंकको कार्य” को अर्को उदाहरण भने।
सविन राई भर्जिनियामा आई पुगे ,कार्यक्रमको तयारी सबै पूरा
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
प्रतिक्रिया