अनुप र सौगातले शोको नाम जुराए ।।।म्याडभेन्चर’

इनेप्लिज २०७९ असार १२ गते ११:१२ मा प्रकाशित

 

काठमाडौँ । अभिनेता अनुप बिक्रम शाहीको संचालन र सौगातमान सिंह बस्नेतको निर्देशन रहने एडभेन्चर रियालटी शोको नाम ।।।म्याडभेन्चर’ राखिएको निर्देशक बस्नेतले शोको नाम ।।।म्याडभेन्चर’ जुरेको जानकारी दिए ।

यात्रा र एडभेन्चरमा म्याडनेस थपेर रोचक र रोमान्चक यात्रा गराउने शो भर्सटाइल अभिनेता शाहीले ५ एपिसोडमा फरक फरक स्थानको परिचय दिनेछन् । रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ।।।स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन् । शर्माका अलवा प्रसिद्ध टिम फज फ्याक्ट्रीका रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए।

यात्रा, संगीत र एडभेन्चरले भरिपुर्ण यस शोको अझै तयारी भइरहेको छ र रोचक बनाउन कुनै कसुर बाँकी नराखिने निर्देशक बस्नेतको भनाई रहेको छ । प्रचार प्रसार समेत नयाँ ढंगबाट भइरहेको शो नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास रहेको छ।

शो टुरिजम क्षेत्रमा लामो समयदेखी सकृय ट्रेकिङ्ग टिम,प्रोडक्सन, ग्रफिक्स तथा एडभर्टाईजिङ्गमा सकृय ब्राण्डलेन्सर र स्टुडियो कृयोको निर्माण रहेको शोको
व्यबस्थापन तथा निर्माण ब्राण्डलेन्सर र स्टुडियो कृयोले गरिरहेका छ।

अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुने शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ।।। आइल्यान्ड पिक’, ।।।हुम्ला’, ।।।मनाब एण्ड मुस्ताब (
बाइक राइड)’, ।।।रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ।।।दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिनेछ । ।।।शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा
सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ निर्देशक सौगातले थपे ।

प्रतिक्रिया