तिमि आउदा मेरो गाउँमा……………

गोबिन्द राज ओझा (राजन) २०७९ असार १० गते ११:२७ मा प्रकाशित

तिमि आउदा मेरो गाउँमा यो मन खुसि हुन्छ

प्रेम प्रस्ताव राख्दा यो मनले तिमि सँग राख्छ

 

हेर्नलाई हतार गर्छन यि नयनहरुले तिमिलाई

मनमा अनेक कुराहरुले सोच्न बाध्य पार्छन मलाई

आई बस ए सुन्दरि मेरो यो झुपडिमा

तिम्रो बिचारले क्रान्ति गर्छ यो मेरो मनमा

 

यो बेलामा दु:खेको मनलाई समालेर राख

मायाको क्रान्ति गर्नुपर्छ यो मुटुलाई साचि राख

मलाई माया गरिरहनु मेरो विश्वास मान्नु तिमिले

मिलन , बिछोडको सबै खेल चलाउछ यहाँ ईश्वरले

 

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

 

 

प्रतिक्रिया