विषय प्रवेश
गीत के हो भन्ने अर्थ खोज्दैजाँदा हामीले कवितात्मक संयोजन, शब्द र संगीतको संयोजन,शब्दहरुको संगीतात्मक संयोजन वा सांगीतिक शब्दहरुको प्रकार आदि विभिन्न अर्थमा प्रयुक्त भएको पाउँछौं।गीत जसलाई सस्वर गाउन सकिने शब्दहरुको गति वा लय मिलेको वर्ण र मात्रामा गाउन सकिने पद्य रचना पनि मानिन्छ।गीतलाई परिभाषित गर्न धेरै गाहे हुन्छ।गीत र संगीत मानिसको जीवनमा बाँच्नुको अनिवार्य माध्यम बनेको छ।त्यसैले गीत बिना मानिसको जीवन नीरस र बेस्वादिलो हुने गर्छ भन्दा अत्युक्ती नहोला।नेपाली संगीतको इतिहास खोतल्दै जाँदा हामी धार्मिक परम्परामा रहेको हाम्रो प्राचीन सभ्यतासम्म आईपुग्छौं ।ईशापूर्व ४२६ मा हरिसिद्धि नृत्य नाटकबाट हाम्रो रङ्गमञ्चीय परम्परा शुरु भएको मानिन्छ।त्यसबेला नाटकमा पनि गीतको महत्वपुर्ण स्थान रहने गर्दथ्यो।तर नाटकभन्दा पनि अघि गीतको जन्म भई सकेको थियो।आमाले शिशुलाई सुताउन गुनगुनाउने लयात्मक लोरीका शब्दहरूलाई गीतको उद्गम मान्न सकिन्छ।इतिहास पल्टाएर हेर्यौ भने गीतको मुहान मानव जीवनको थालनीपछि भएको अनुमान गर्न सकिन्छ।गीत मौखिक कला हो।गीत स्रुति विधा पनि हो।हाम्रो परम्परागत धर्म संस्कृति अनि रीति रिवाज मान्ने मनाउने प्रक्रियाहरू सबै सुन्दै सुनाउँदै परापूर्वकालदेखि अगाडि बढ्दै आएको छ।काल विभाजनको इतिहासमा पनि पौराणिक कालमा रामायण, महाभारत महाकाव्य र अठार पुराणहरू लेखिएका छन्।धार्मिक ग्रन्थमा लेखिएका सबैमा काव्यात्मक गुण भएकोले वाचन गर्दा आनन्द आउने र सुन्दा मन प्रसन्न हुने गर्छ।यो काव्य गुणको विशेषता पनि हो । वेद (१५००–१००० ईपू),महाभारत वेद (१२००–८०० ईपू),ओडिसी (८००–६७५ ईपू) जस्ता विश्वप्रसिद्ध ग्रन्थहरू स्रुति परम्पराबाट कालान्तरमा पुस्तकको स्वरूप आएको थियो।महाभारतलाई विश्वकै महान र पुरानो महाकाव्य (५१५२ वर्ष पुरानो) मानिन्छ।यस महाकाव्यको २३ देखि ४०औं अध्यायसम्म गीता वचन छ।श्रीकृष्णले अर्जुनलाई जीवनको उपदेयिताका बारेमा दिएको उपदेशनै महाभारतको साराशं हो ।धेरै विद्वानहरूले गीतालाई नै गीतको उद्गम स्थल मान्ने गर्दछन्।त्यसबेला लेखन माध्यमको थालनी भएको थिएन र श्रुति परम्पराबाट सबै कुराहरु एकअर्कामा हस्तान्तरण गरिन्थ्यो।त्यसको माध्यमनै गीत हुने ग¥थ्यो । परापूर्वकालमा महापुरुषरुको बयानमा गीत बनाइन्थ्यो,समाजमा भएका घटनाहरुको वयानमा गीत बनाइन्थ्यो,प्राकृतिक प्रकोपका घटनाहरुको वयान पनि गीतबाटनै गरिन्थ्यो।गीतमा भएको लयात्मकताले गर्दा त्यसलाई समात्नमा सरल हुन्थ्यो र सजिलै कण्ठ्स्थ हुने गथ्र्यो।त्यहीँ हिजोका गीतबाट त्यसबेलाका इतिहास कोरिएका छन् । त्यसैले मानवीय सभ्यताको थालनीसँगै गीत परम्परा शुरु भएको भन्दा अत्युक्ति नहोला । आजको मितिमा गीतको एउटा बेग्लै महत्व रहेको छ ।
स्वराङ्कनमा व्यापकता नेपाली संगीतको इतिहास पल्टाएर हेर्यौ भने प्रारम्भमा भारतको कलकत्तामा गएर रेकार्ड(स्वराङ्कन) गराइन्थ्यो।विस्तारै त्यो सुविधा नेपालमा नै हुन थाल्यो।अनि रत्न रेकाडिङ्ग संस्थानको स्थानिापछि त्यसमा व्यापकता आउन थाल्यो । म्युजिक नेपालको स्थापनापछि संगीतमा व्यावसायिकता बढ्दै जान थाल्यो ।
सत्तरीको दशकमा ग्रामाफोन रेकार्ड परम्पराबाट क्यासेट चक्का (१९६३ देखि) को चलनमा विश्व अग्रसर हुँदै गईरहेको थियो।सजिलै आफ्नो गीत स्वराङ्कन (रेकार्ड) गर्न सकिने क्यासेट परम्परासँगै गीत–संगीतले पनि कोल्टे फेर्न थाल्यो।नब्बेको दशकमा हंगकंग लाहुरेका सन्तानमा संगीतको रस बस्न थालेपछि नेपालमा नयाँ नयाँ रेकार्डिङ्ग स्टुडियो खोलिन थाल्यो।नयाँ नयाँ गीतका क्यासेट चक्काहरु बजारमा देखा पर्न थाल्यो।अनि बिस्तारै नेपाली गीतमा विविधताले ठाऊँ पाउन थाल्यो।
क्यासेट चक्काको उत्पादनमा सजिवता आएपछि नयाँ नयाँ गायकहरु बजारमा छरिन थाले भने गायकसँगै गीतकारहरु पनि थपिदै जान थाले।क्यासेट चक्काको थालनीसँगै शुरु भएको आफ्नै गीतको संकलन संगीतबद्ध गराएर निकाल्ने चलन आजको मितिसम्म यथावत चल्दै आएको छ।आज क्यासेट चक्काको ठाँऊ कम्पेक्ट डिस्क (सि.डी.) ले लिएको छ।पहिलेको ग्रामाफोनको तुलनामा सानो हुने सि.डी. मा गीतको अल्बम बनाएर निकाल्ने परम्पराले व्यापकता लिदै गएको छ । प्रारम्भमा स्थापित गायक, गीतकार र संगीतकार अनि चलचित्रमा मात्र सिमित रहेको सि.डी.परम्परामा आज काव्य सिर्जनामा लागेका धेरैजसो काव्यकारको रोजाईमा पर्दै गएको छ।यस्ता सि.डी.अल्बम बनाउन गीतकारले आफै लगानि गर्नु पर्ने हुन्छ।गीत–संगीतको प्रवद्र्धनका लागि नेपालमा स्थापित म्युजिक नेपाल लगायतका संगीतको व्यापार गर्ने कम्पनीहरुले प्रतिष्ठित गायक,गीतकार र संगीतकारको अल्बम निकाल्ने गरेको देखिन्छ।यसका पनि जसको नाममा अल्बम निस्केको छ तिनै सर्जकले रोयल्टी नपाएको भनि गुनासा गरेको समाचार पढ्ने सुन्ने गरिन्छ।यसैबाट हामी अनुमान लगाउन सक्र्छौ एउटा अल्बम निकाल्न कति गाहे हुन्छ भनेर।अनि काव्यकर्मीले शौंकका लागि निकाल्ने गरिएको अल्बमको निर्माणमा गायक र संगीतकारलाई एउटा गीतका हिसाबले परिश्रमिक दिनु पर्ने हुन्छ।यसका अतिरिक्त अल्बम कभरको डिजायन र छपाई,स्वराङ्कनका लागि स्टुडियोको खर्च आदि इत्यादिको हिसाब किताब लगाउँदा खल्तिको खर्च बढ्दै जाने गर्छ।फेरी त्यसको प्रचारका लागि भिडियो निकाल्नै पर्छ।अल्बम निकालेपछि आफन्त र साथीभाइहरुलाई बाडेर स्वानन्द लिने गरिन्छ।किनभने आजको ईन्टरनेट युगमा गीत–संगीतका सिडी किनेरभन्दा बढी सारेर सुन्ने गरिन्छ।तर पनि नेपालबाट दैनिक नयाँ गीतकारका अल्बम निस्केको समाचार भने पढ्न सुन्न पाईरहन्छौं।
गीतकार अग्नि पराजुली
अ.ने.सा.स ले आफ्नो च्याप्टर सम्मेलनका (जुन ३–५) लागि निम्तो दिएकोले आफ्नो एकनासे जीवन शैलीबाट केही फरक साहित्यिक आनन्द लिन म यस्ता सम्मेलनमा सहभागी बन्दै आएको हुनाले टिकट काटी सकेको थिए।तर अनेसासले कोभिदका कारण कार्यक्रम रद्द गरेपछि टिकट क्यान्सल गर्ने तरखर गर्दा म्याडिसनका मित्र दिनार श्रेष्ठले होटल पनि बुक गरी सकेकोले यही निहुमा हामी भेटौ न भनेपछि बोस्टनको यो भ्रमण गर्ने मौका पाएको थिए।भ्रमणको क्रममा गोबद्र्धन पुजा र शुसिल नेपालले हामीलाई दिनु भएको आतिथ्यलाई हामी कहिल्यै विर्सन सक्दैनौं।यसै भ्रमणको क्रममा विमला निरौला र महेश निरौलाका माध्यमबाट न्यु हम्स्यारका अग्नि पराजुली र उमा पराजुलीसँग भेट्ने अनि न्यु हम्स्यार डुल्ने मौका पाएको थिए।त्यसै बेला गीत संगीतमा विशेष रुचि राख्ने अग्नि भाइको गीत सुन्ने मौका पनि पायौं।उनी आफैले संगीत भरेको गीत सुनेपछि उनको बारेमा जान्न ईच्छा जाग्यो अनि टोरन्टो फर्केपछि उनले आफ्नो त्यसै दिन निस्किएको नयाँ गीतको लिङ्क पठाएर सुन्न अनुरोध गर्नु भयो।घरबाट कार्यालय जाने क्रममा मोटरमा नै उनको ‘फोनआउँला की’ शब्दको नयाँ गीत सुनेपछि फेरी सुनु सुनु जस्तो लाग्यो।कर्णप्रिय र रमाईलो तरिकाबाट एउटा पीडालाई यस गीतले बयान गरेको छ।सुन्दै आएको गीतलाई कार्यलय आएपछि मित्रहरुमा बाँडी दिए।केही मित्रहरुबाट क्याचि गीत रहेछ भन्ने प्रतिक्रिया पनि आयो।अनि त्यसपछि एकपटकमात्र भेटेको एउटा व्यक्तीको बारेमा यो लेख जमर्को गर्न थाले।
त्यो भेटमा अग्निले हामीलाई ‘फोनआउँला की’ गीत गाएर सुनाउनु भयो।यो गीतको संगीतकार अग्नि पराजुलीनै हुन भनेपछि म झस्किए।मैले उनलाई वाद्यवादन बजाउने बारे सोध्दा उनले अलिअलि हार्मोनियम बजाउने गरेको तर संगीतमा लागेपछि मात्रै तालका बारेमा अध्ययन गर्न थालेको बारे जानकारी गराउनु भयो । काव्य सिर्जनाबाट साहित्यको गोरेटो समातेका अग्निका अहिलेसम्म दसवटा गीति अल्बम निस्केको रहेछ।तर उनका अल्बममा आएका गीतहरु मैले सुन्न पाएको छैन।ती अलबमका गीतहरुबाट उनको साँगीतिक ऊँचाई निश्चय नाप्न सकिएला।अग्नि पराजुलीलाई संगीतप्रति लगाव भएरनै उनले आफ्ना गीतहरुमा संगीत भर्ने काम गरेका रहेछन्।यसरी संगीतको तालिम बिनानै आफ्ना गीतहरुमा संगीत दिन पुगेका अग्निका बारेमा थाहा पाएपछि मैले हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार रविलाई सम्झे।पचास र साठीको दशकमा हिन्दी चलचित्र क्षेत्रमा आफ्नो बैग्लै पहिचान बनाउन सफल रवि गायक बन्न मुम्बई आएका थिए।उनलाई प्रसिद्ध गायक तथा संगीतकार हेमन्त कुमारले कोरस गायनमा मौका दिएका थिए।
त्यसपछि रविको संगीतप्रति रुचि र लगाऊलाई देखेर हेमन्त कुमारले उनलाई आफ्नो सहयोगीका रुपमा राखेका थिए । पचासको दशकको चर्चित चलचित्र नागिनका संगीतकार रहेका हेमन्त कुमारलाई हार्मोनियमबाट सर्प नचाउने सपेराले बजाउने बिनको धुन निकाल्न सल्लाह दिएका थिए।यही धुन आजको मीतिसम्म सबैले प्रयोग गर्दै आएका छन्।केही समय हेमन्त कुमारका सहयोगी रहेका रविलाई हेमन्त कुमारले नै स्वतन्त्र रुपमा संगीत दिन सल्लाह दिएपछि उनले चौधवी का चाँद, हमराज, वक्त, दो बदन,निकाह जस्ता चर्चित चलचित्रहरुमा संगीत दिएर चर्चाको शिखरमा पुगेका थिए।यसरी आफुलाई संगीत कम्पोजर भन्न रुचाउने रविले संगीतको तालिम बिना र संगीतका कोडहरुलाई नजानिकन हिन्दी र दक्षिण भारतका चलचित्रहरुमा अस्सीको दशकसम्म संगीत दिएका थिए । अग्निको ‘फोनआउँला की’ गीत सुनेपछि उनमा रहेको संगीतप्रतिको रुझान बुझ्न थाले।
सन् २००७ मा जन्मथलो छोडेर अमेरिकालाई कर्मथलो बनाएका अग्नि पराजुलीको सन्दर्भमा कुरा गर्नु पर्दा पनि उनले संगीतको कुनै तालिम लिएका छैनन् । तर निरन्तर आफ्ना गीतलाई मीठो संगीतको धुनमा कम्पोज गर्दै आईरहेका छन् । उनको साहित्यिक ग्राफ हेर्दा उनले सात कक्षादेखिनै कविता लेख्न थालेका पाइन्छ । २०४४ सालमा शान्तिका लागि युवा शीर्षकमा लघु उपन्यास लेखेर झापा जिल्लाको एउटा प्रतियोगितामा दास्रो भएपछि उनले साहित्यलाई निरन्तरता दिदै गए।उनको अहिले चर्चामा रहेको ‘फोनआउँला की’ गीतले युट्युबमा दर्शक बटुल्दै गई हरको छ । यसको मूल कारण यसका नवोदित गायिकाहरु सारेगमप लिटल च्याम्पका बिजेता कृपा पौडेल र उपविजेता फुयाँल।पहिलो पटक संयुक्त रुपमा यी दुई नवोदित गायिकहरुले गाएको ‘फोनआउँला की’ गीत सार्वजनिक भएपछि यसले चर्चा बटुल्दै गएको छ।अग्नि पराजुलीको शब्द तथा संगीतमा सजिएको र ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने आकाश गौतमले मिक्सिङ्गको काम गरेका छन्।यस गीतले आफुले माया गरेको मान्छे आफुभन्दाटाढा हुँदा उसको यादमा उसको आवाज सुन्न आतुर कानहरु फोनको प्रतीक्षामा बसेका हुन्छ भन्ने देखाएको छ।अनि मायालुले आफ्नो मनको भाव गीतका माध्यमबाट पोखेको देखाइएको छ।गीतले दूरदेशमा भएका मायालुको सम्झनामा मनको तलतल मेट्नेकाम गरेको छ।यो गीत मायको विछोडमा आउने मीठो बाडुल्की बन्दै गएको छ।
-डा. गोबिन्दसिंह रावत टोरन्टो
प्रतिक्रिया