’कृषि उत्पादनलाई विविधिकरण गरि आयात प्रतिस्थापन गर्ने’

इनेप्लिज २०७९ असार ९ गते २१:४४ मा प्रकाशित

विराटनगर ९ असार । प्रदेश नं १ को कृषि उत्पादनलाई विविधिकरण एवं गुणस्तर कायम
गरि आयात प्रतिस्थापन गर्न ।।।सहज च्यालेन्ज फण्ड राउण्ड–२’ का लागि आजदेखि आवेदनआव्हान गरिएको छ।

नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा उत्पादन तथा प्याकेजिङ्गबमा नविनतम,दीगो कार्यका लागि आगामी साउन ६ गतेसम्म दर्ताका लागि आव्हान गरिएको छ।

नविन सोच भएका उत्कृष्ट हुने साना तथा मझौला उद्यमीहरुलाई पाँच बर्षका लागि रुपाँच लाखदेखि ५० लाखसम्मको नगद एवं प्राविधिक सहयोग उपलव्ध गराउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाल सरकार र स्विस सरकारको सहयोगमा प्रदेशका दुग्धजन्य पदार्थ, अलची, मकै र हरियो तरकारीलाई मूल्यवृद्धि गरी नविन सोच भएका साना तथा मझौला उद्यमीमार्फत प्याकेजीङ्ग,गुणस्तरीय र बजारीकरण गरी कृषि उत्पादनमा आत्मनिर्भर भै व्यापार घटाउनु सहजको मुख्य उद्देश्य रहेको छ ।

मुख्यत दुग्धजन्य र कृषि उत्पादनलाई विविधकरण गरी बजारीकरण गरेमा कृषकहरु को आम्दानी वृद्धि भै ।।।मिल्क होलिडे’ अन्त्य गर्न सकिने सहभागीहरुले धारणा व्यक्त्त गर्नु भएका छन् ।

सो अवसरमा प्रदेश नं १ कृषि सचिव मेघनाथ तिम्सिनाले सरकारले यस क्षेत्रका कृषि उत्पादनहरुलाई मूल्यवृद्धि गरी निर्यात गर्न सहयोग गर्नुका साथै यसकार्यबाट कृषकको आम्दानी वृद्धि भै आयात प्रतिस्थापन हुने विचार व्यक्त्त गर्नु भयो।

उहाँले कृषि व्यवसाय प्रवद्र्धन परियोजनाले गुणस्तरीय उत्पादनको बजारमा सहज पहुँच पुर्याउनका साथै कृषि उत्पादन वृद्धि हुने धारणा राख्नु भयो।

स्विस कन्ट्याक्ट टिमका प्रमुख रिक भ्यान डेर क्याम्पले यस क्षेत्रका कृषकहरुको उत्पादनलाई बजारीकरण गरी आय आर्जनमा सम्पन्न गराउन कार्यक्रम ल्याइएको जानकारी दिनु भयो।

आइडियाका निर्देशक छिरिङ्ग लामा,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल,पशुपंछी तथा मत्य विकास निर्देशनालयका प्रमुख डा पशुपति ढुंगाना, स्विस कन्ट्याक्टकी व्यवस्थापक सुवेक्षा श्रेष्ठले कृषकका उत्पादित वस्तु ३० देखि ४० प्रतिशत उचित भण्डारण, ढुवानी, प्याकेजीङ्ग र बजारीकरण नभएका कारण नष्ट हुन गैरहेकोले त्यसलाई न्यूनियनकरण गरी स्वदेश तथा विदेशमा निर्यात गर्नु कार्यक्रमको मुख्य कार्य रहेको विचार राख्नु भयो ।

यसअघि आइडियाले राउण्डमा –१ मा पाँच वटा कम्पनीहरुको कृषि सम्वन्धि एप्स, हरियो तरकारीको तापक्रम समायोजना,ढुवानी आदि लगायतका नविन सोचलाई छनौट गरेको थियो।

प्रतिक्रिया