प्रदेश नं १ आर्थिक विधेयक माथिको छलफल समाप्त
विराटनगर,८ असार(रासस): प्रदेश नं १ प्रदेश सभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज वसेको वैठकमा आर्थिक विधेयकमाथि छलफल समाप्त भएको छ ।
यसअघि विधेयक माथिको छलफलमा प्रदेश सभा सदस्य पदमकुमारी गुरुबले बजेटप्रति समर्थन गर्दै संखुवासभाको धेरै स्थानमा पर्यटकीय स्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराउनु भयो ।
अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला सांस्कृतिक कार्यक्रमलाई करमा समेटनु पर्ने सुझाव दिनु भयो । सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्वन्धमा प्रष्ट पार्नु पर्ने धारणा राख्दै ठेक्का पट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनु पर्ने ध्यानकर्षण गराउनु भयो ।
अर्का सदस्य सरिता थापाले प्रदेशलाई आत्मनिर्भर बनाउनु करको दायरा वढाउन पहल गर्नु पर्नेमा जोड दिनु भयो । सदस्य सावित्राकुमारी रेग्मीले जेष्ठ नागरिकको उमेर ६८ वर्षलाई आधार तयगरी घरजग्गा रजिष्ट्रेशमा छुट दिनु सुझाव दिदै दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भयो ।
यसअघि शुन्य समयमा बोल्दै अम्विका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्व घटाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सदस्य ज्योति सव्वाले सुनसरीको इनरुवा वहुमखी क्याम्पस जीर्ण अवस्थामा रहेकोले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयमसेविकालाई यातायातका लागि साइकल उपलव्ध गराउन आग्रह गर्नु भयो ।
उपसभामुख सरस्वती पोखरेलले प्रदेश सभाको अर्को वैठक असार १२ गते दिनको १ बजे वस्ने सदनलाई जानकारी दिनु भयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया