रुसले पश्चिमबाट युक्रेनमा पठाएको एम ७७७ होविट्जर नष्ट गरेको दाबी गरेको छ ।
रुसको क्षेप्यास्र र प्रक्षेप्यास्त्रलाई मार हान्न सक्ने अमेरिका लगायत देशले युक्रेन पठाएका हतियारलाई नष्ट गरेको रुसले बताएको छ।
बुधवार एक बिज्ञप्ती मार्फत अंकिय दृश्य( (भिडियो) सहित पठाएकोको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
रुसले “संयुक्त राज्य अमेरिकामा बनेको १५५-मिमी होविट्जरहरू” नष्ट गर्न उच्च परिशुद्धता तोपखाना प्रहारको प्रयोग गरेको रक्षा मन्त्रालयले दाबी गरेको छ ।
रुसले पटक पटक यस्तै दाबी गर्छ भने युक्रेनी अधिकारीहरुले यस बारे कुनै प्रतिक्रिया नदिएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया