रुसी पत्रकारले युक्रेनी बाल शरणार्थीका लागि पैसा जुटाउन लिलामी गरेको नोबेल शान्ति पुरस्कार १०३.५ मिलियन डलरमा बिक्रि

इनेप्लिज २०७९ असार ७ गते ११:२६ मा प्रकाशित

रुसी पत्रकारले युक्रेनी बाल शरणार्थीका लागि पैसा जुटाउन लिलामी गरेको नोबेल शान्ति पुरस्कार १०३.५ मिलियन डलरमा बिक्रि भएको छ । किर्तिमान तोडेको छ ।

रुसी पत्रकार डिमीट्री मुराटोभले युक्रेनी बाल शरणार्थीका लागि पैसा जुटाउन लिलामी गरिरहेको नोबेल शान्ति पुरस्कार सोमबार राति १०३.५ मिलियन डलरमा बेचेर नोबेल पुरस्कारको पुरानो कीर्तिमान तोडेको छ ।

यसअघि नोबेल पुरस्कार पदकको लागि सबैभन्दा धेरै भुक्तान २०१४ मा गरिएको थियो । जेम्स वाटसन जसको डिएनएको संरचनाको सह-आविष्कारले उनलाई १९६२ मा नोबेल पुरस्कार जिताएको थियो उनले आफ्नो पदक ४.७६ मिलियन डलरमा मा बेचेका थिए।

सन् २०२१ को अक्टोबरमा स्वर्ण पदक जितेका मुराटोभले स्वतन्त्र रुसी पत्रिका नोभाया गजेटाका प्रधान सम्पादक थिए । रुसको आक्रमणपछि पत्रकारहरूमाथि क्रेमलिनको बन्देज र जनताको असहमतिको बीचमा मार्चमा उनको पत्रिका पनि बन्द भएको थियो ।

यो मुराटोभले आफ्नो पुरस्कार लिलामी गर्ने विचार गरेका थिए । उको पुरस्कारलाई ५ लाख डलरमा नगद पुरस्कार स्वरुप परोपकारलाई दान गर्न गै रहेका थिए । पछि उनले यो अवसर शरणार्थी बालबालिकाहरूलाई उनिहरुको भविष्यको लागि मौका दिनु पर्छ भनि उनले विचार परिवर्तन गरेका थिए ।

मुराटोभले युक्रेनमा युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्ने प्रयासमा युनिसेफलाई सिधै जाने बताएका छन भनि सिबिएसन्यूजले समाचार लेखेको छ  ।

प्रतिक्रिया