प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता घाेषित

मणिराम दाहाल / सुन्दरहरैंचा २०७९ असार ६ गते २:३१ मा प्रकाशित

मणिराम दाहाल / सुन्दरहरैंचा

प्रियंका जोशी ललितपुरमा भएको प्रतिष्पर्दामा मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् ।

जाेशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी हुन् ।

तेसै गरि शरिसा श्रेष्ठ मिस नेपाल अर्थमा घाेषित भइन् । साथै नेन्सी खड्का मिस नेपाल इन्टरनेसनलमा चुनिएकी छिन् । नेन्सीले रु २ लाख ५० हजार पुरस्कार पाईन् । नेन्सी विराटनगरकी चेली तथा राष्ट्रिय गायक सुमीत खड्काकाे छाेरी हुन् । मिस नेपालको स्पर्धामा मिस इन्टरनेशनल महत्वपूर्ण विधा मानिने भएकोले छाेरीले गरेको सफलता देखेर आफु प्रभावित भएको गायक खड्काले बताए । उनले नेपालबाट प्रतिनिधित्व गर्दै थप प्रतिष्पर्दाका लागि जापान जाने अवसर समेत नेन्सीले पाएकाे जानकारी दिए। विराटनगर ३ निवासी नेन्सीले सेन्टजाेसेफ स्कुलबाट एस.एल.सी उतिर्ण गरेकी थिइन । पढाइमा डिग्री गरेकी नेन्सी विगत समयमा miss univers nepal mas 3runner up भएकी छिइन्।

प्रतियाेगिताकाे फाइनल चरणमा २४ सुन्दरीहरु मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । जस अन्तर्गत विभिन्न ९ वटा सब-टाइटलमा विजेता घोषणा गरिएको थियो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हाे ।

प्रतिक्रिया